क्यामेराको फ्रेमले किन खोज्छ डा. केसीको अनुहार ? « Khabarhub

क्यामेराको फ्रेमले किन खोज्छ डा. केसीको अनुहार ?

ताली र गालीको संयोजन



सामाजिक सञ्जाल अन्तर्गत युट्युबमा अन्तर्वार्ताका लागि सर्वाधिक खोजिने पात्र हुन्– प्रा. डा. सुरेन्द्र केसी । त्यसो त सामाजिक सञ्जालमा राजनीतिक धारभित्र रहनेहरूका लागि प्रा.डा. केसी कुनै अनौठो नाम होइन । कुनै पनि विषय उपर प्रखर वक्ताका रुपमा खरो रुपमा टिप्पणी गर्नसक्ने भएकाले डा. केसी सामाजिक सञ्जाल चलाउनेहरूका नजरमा सर्वप्रथम छनौट गरिने अतिथि हुन् । समसामयिक राजनीतिक घटनाबारे विश्लेषणात्मक अपडेट लिन प्रायः हरकोहीले डा. केसीका अन्तर्वार्ता आउने च्यानल एकपटक स्क्रोल गरेकै हुन्छन् ।

२०१२ सालमा ताप्लेजुङको साविक सावादिन–८ मा जन्मिनुभएका केसीले नेपालको वामपन्थ विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँका ५० बढी पुस्तक प्रकाशित छन् । आप्रवासी समस्या, सीमा समस्या, सन्धि वा गोर्खाभर्ती सबैबारे डा. केसीका कैयन् अनुसन्धानात्मक आलेख प्रकाशित छन् ।

इतिहास विषयको प्राध्यापक भएपनि डा. केसीले लोकसेवा तयारी गर्नेलाई, सुरक्षा निकायलाई होस् वा राजनीतिज्ञलाई डा. केसीले अध्यापन गराउनुभएको छ । त्यसैले पनि समाज बुझेको व्यक्तिभन्दा फरक पर्दैन । डा. केसीका आलोचक जति छन्, त्यो भन्दा कैयन् प्रशंसक पनि ।

पहिलो अन्तर्वार्ता र लेखन
डा. केसीकाअनुसार उहाँको पहिलो अन्तर्वार्ता रेडियो सगरमाथामा २०४८ सालमा प्रत्युष वन्तले लिएका थिए । त्यसबेला डा. केसीलाई समाज र इतिहासबारे सोधिएको थियो । पछि डा. केसीले विद्यावारिधि गरेपछि लेख लेख्न थाले । कान्तिपुर दैनिकलगायत तत्कालीन समयमा प्रकाशन हुने पत्रपत्रिकामा तीन पटकसम्म समसामयिक विषयमा लेख पठाउँदा नछापिएपछि डा. केसीले छापिँदैन भन्ठानेर लेख्न छाडे तर हठात् एक दिन एउटा लेख प्रकाशन भयो । पत्रिकामा आफ्नो नामसहित प्रकाशित लेखले डा. केसीलाई हौसला मिल्यो । डा. केसी भन्छन्– ‘तत्कालीन समयमा पत्रपत्रिकामा लेख लेख्दा गोरखापत्रमा पनि लेख्न थाले- स्तम्भकारका रुपमा । तर एकजना सम्पादक त्यो संस्थामा आएपछि मेरा लेख काटिए । कान्तिपुरमा पनि यही घटना दोहोरियो । अहिलेसम्म त्यहाँ मेरो लेख छापिँदैन ।’ डा. केसीले सुनाए ।

केसी निषेधिकरण पत्रपत्रिकामा मात्र सीमित भएन । विस्तारै भर्खर खुलेका टेलिभिजनमा पनि हुन थाले । निजी क्षेत्रका कतिपय टेलिभिजनमा डा. केसीलाई अतिथिका रुपमा डाकिए पनि हिमालय र इमेज टिभीले अझै निषेध गरेको छ । डा. केसी भन्छन् –‘अन्तर्वार्ताका लागि बोलाएर पनि बीच बाटोमा पुगेपछि हुँदैन भनेर फर्काए यी टिभीले ।’

२०६५ सालपछि युट्युब विस्तारै फैलिन थाल्यो । युट्युब चलाउनेहरूले अन्तर्वार्ताका लागि गेस्ट खोज्न थाले । यसक्रममा समसामयिक विषयमा खरो टिप्पणी गर्ने र समाज र राजनीतिक व्यवस्थाप्रति उग्र टिप्पणी गर्नसक्ने व्यक्तित्वभित्र उनीहरूले डा. सुरेन्द्र केसीलाई रोज्न थाले । ७० को दशकमा युट्युब क्रेज झाँगिदै जाँदा डा. सुरेन्द्र पनि भटाभट विभिन्न मिडियामा छाउन थालिसकेका थिए । यस्तैमा विभिन्न मिडियाले अप्रोज राख्ने विषय अनौठो रहेन ।

परिस्थिति यस्तोसम्म बन्दै गयो कि डा. केसीका सार्वजनिक कार्यक्रम भटाभट सामाजिक सञ्जाल चलाउनेले खोज्न थाले । सार्वजनिक कार्यक्रममा कुनै नेतालाई भन्दा बढ्ता महत्व डा. केसीका भाषणले पाउन थाले । विदेश जाँदा होस् वा फर्कँदा एअरपोर्टमा त क्यामेराको लर्को नै हुने । एकपटक केसीसँगै एक मन्त्री फर्कँदा मन्त्री छोडेर केसीको बाइट लिनेको लर्को नै लागेको थियो ।

….अनि आफैँ प्रस्तोता
डा. केसीलाई लाग्यो समाज बदल्ने भए सुरु आफैँबाट गर्नुपर्छ । उनले लाखौँ अन्तर्वार्ता मार्फत समाजको यथार्थ चित्रण पस्किरहँदा आफैँले त्यो समाजको अभिलेख गर्न पाए कस्तो हुँदो हो । यसका लागि डा. केसीलाई निजी क्षेत्रको ‘स्पेस फोके’ टेलिभिजनले प्रस्ताव गर्यो । चार चरणको वार्तापछि डा. केसी टेलिभिजन प्रस्तोताको रुपमा मैदानमा उभिए कार्यक्रम हिट भयो । ‘त्यसपछि त उनीहरू कहिले यसो, कहिले त्यसो भन्न थाले । मैले छाडेँ ।’ तर डा. केसीलाई प्रस्तोताको छनक पसिसकेको थियो । त्यसपछि उनी अर्को टेलिभिजनमा जोडिए । अहिले रूपान्तरण कार्यक्रममार्फत दर्शकसँग पुगिरहेका छन् । डा. केसी भन्छन्– ‘समाज देश रूपान्तरण गर्ने सोच छ । आफूजस्तै हिजो लखेटिएका वा मूलधारले छायाँमा पारेका गेस्ट भित्र्याएर यस्तो पनि हुन्छ, गर्न सकिन्छ भनेर देखाउनु छ ।’

समसामयिक टिप्पणी र मिडिया असर
सूचना प्रवाहमार्फत जनचेतना अभिवृद्धि समाज परिवर्तनमा एक असाधारण पावर बोकेको सामाजिक सञ्जालमा डा. केसीका अभिव्यक्तिको अर्थ मात्र होइन असर पनि छ । कांग्रेसको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकारले नेपाली कांग्रेसका नेता डा. सुनील शर्मालाई पक्राउ गर्यो । एमबीबीएस पढ्ताताका पेश गरिएको सर्टिफिकेटलाई लिएर पक्राउ गरिएको भनिए पनि आफ्नै सरकार रहेका बखत कांग्रेसले आफ्ना सांसद पक्रन रोक्न सक्थ्यो तर त्यो गरेन । शर्मा पक्राउको शैलीलाई लिएर डा. केसीले मिडियामा खरो आवाज दिए ।

अदालतको आदेशबाट रिहा भएलगत्तै डा. केसी भेट्न निवास पुगेका शर्माले डा. केसीको खुट्टै ढोगे । कारण थियो– आफ्ना सांसद बोलेनन् । बरु सामाजिक सञ्जालबाट बोलेका डा. केसको अभिव्यक्तिको दबाब सरकारमाथि पर्यो । डा. केसीको बोलीलाई लिएर आलोचनासँगै प्रशंसा पनि नहुने होइन । एकताका दुर्गा प्रसाईंले डा. केसीलाई मनपरी समेत भन्न भ्याए । तर पछि उनै प्रसाईँले केसीको खुट्टा ढोगेका थिए । डा. शेखर कोइरालाले त घरमैँ पुगेर राजनीतिक सल्लाहबारे छलफलसमेत गरेका थिए ।

संसारभर आलोचक र समर्थक 
डा. केसीको अभिव्यक्ति नेपालभर त छँदैछ । विश्व बजारमा पनि अधिक रुचाइने गरिन्छ । समसामयिक टिप्पणी गर्दा दलीय नेताहरूलाई ‘यी नांगाबाबा’, डा. आरजुलाई शेरबहादुरको ‘स्वास्नी’, राष्ट्रपति पदमा बहाल रहेकी विद्या भण्डारीलाई मदन भण्डारीको स्वास्नी यस्ता त कैयन् शब्द केसीका थेगो नै बनेका थिए ।

बोल्ने शैली, शब्द चयन प्रस्तुति अनि हाउभाउले डा. केसीका अन्तर्वार्ता हेरिने हिटलिस्टमा पुगे । आज केसीका संसारभर धेरै युवायुवती फ्यान छन् । बाटोमा हिँड्दा वा सार्वजनिक कार्यक्रममा भेट्दा फोटो खिच्नेको लर्को नै देखिन्छ । विश्व बजारमा घुम्न वा पुगेमा आतिथ्यता दिन धेरैले तँछाडमँछाड नै गर्ने गरेका छन् । डा. केसी भन्छन्– ‘एकपटक नर्वे बोलाउनुभयो एक प्रशंसकले । गएँ तर त्यहाँबाट यस्तो डिमाण्ड भयो कि अन्य १३ वटा युरोपियन मुलुक पुग्नैपर्ने भयो । यस्ता उदाहरण त कति छन् कति !’

दरबारिया भन्दै निषेध
त्यसो त डा. केसीका जति प्रशंसक छन् उनी नै आलोचक पनि । कुनैताका डा. केसीले राजासँग भेटे । समाचार भाइरल भयो, अनि कहलाइए दरबार निकटस्थ । त्यसपछि झुण्डियो राजावादी ट्याग । यसको असर यतिसम्म भयो कि विश्वबजारमा जाँदा पनि प्रतिगामी देखिन थालियो । राजाका विषयमा बोल्ने दरबारिया भन्न थाले र यसरी भन्नेमा हिजो राजासँग सबैभन्दा नजिक भएकाहरू नै अग्रभागमा देखिए । बेल्जियममा डा. केसीको स्वागतमा सम्मान कार्यक्रम राखियो । तर उनको ढाकाटोपी दौरासुरुवाल वस्त्रलाई लिएर दरबारियालाई स्वागत कार्यक्रम हुन्न भन्न थालियो । उनले स्वागत नै पाएनन् । ‘शंकर पोखरेल त्यसबेला लण्डनतिर रहेछन् उनी पुगेपछि त्यसैमा जोडेर कार्यक्रम गर्ने भन्न थाले । मलाई स्वीकार्य भएन विना स्वागत फर्किएँ ।’ तर आज त्यस्तो छैन । बरु विश्वबजारमा डिमाण्ड छ ।

आजको दैनिकी
इमिलि डिकिन्सनको एउटा चर्चित कविता छ– नोबडी र समबडी । डा. केसी आज नोबडी भैसकेका छन् । आजको समयमा डा. केसीका प्रतिदिन कम्तीमा ३ वटासम्म अन्तर्वार्ता मिडियाले कैद गर्छन् । बिहान उठ्नासाथ समसामयिक विषयमा अपडेट लिएपछि डा. केसी अन्तर्वार्ताका लागि तयार हुन्छन् । हुन पनि रिटायर्ड लाइफमा रहनुभएका केसीलाई एकताका त्रिभुवन विश्वविद्यालय सुधार्ने ठूलो धोको थियो– उपकुलपति बनेर । तर राजनीतिक कोपभाजनका कारण सम्भव भएन । दलहरूले पत्याएनन् । तर आजको दिनमा अब पाउनु केही छैन । ‘क्यान्सरपछिको दोस्रो स्टेजको जिन्दगी बाँच्दैछु । जहाँ जान्छु सबैले हजुरले आवाज दिने काम बन्द नगर्नु भन्छन् । राम्रा काममा प्रशंसा, गलतमा आलोचना छाड्दिन ।’

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  १० : ४८ बजे

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः