दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’ « Khabarhub

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र इरानसँगको युद्ध सुरु भएयता पहिलो पटक हर्मुज घाँटी हुँदै दुई अमेरिकी युद्धपोतहरू पार भएका उनले बताए ।

अमेरिकी नौसेनाले ‘गाइडेड मिसाइल डिस्ट्रोयर’ मा कुनै समस्या नभोगीकन उक्त जलडमरूमार्गबाट पार गरेको ‘द वाल स्ट्रिट जर्नल’ले तीन अमेरिकी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ। ढुवानीका क्रममा तेहरानका अधिकारीसँग समन्वय नगरिएको उक्त अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।

‘हामी अब ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध हटाउने प्रक्रिया सुरु गर्दैछौँ,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भने, ‘यो चीन, जापान र फ्रान्स जस्ता देशहरूका लागि ‘उपकार’ हो । उनीहरूसँग यो काम आफैं गर्ने साहस वा इच्छाशक्ति छैन।’

उनले द्वन्द्वमा इरानले ‘ठूलो घाटा व्यहोरेको’ बताउनुभयो । राष्ट्रपति ट्रम्पले रणनीतिक जलडमरु भनिने हमुज घाँटीमा इरानी विस्फोटक पदार्थहरू बिच्छ्याइएका कारण विश्वको कच्चा तेलको करिब २० प्रतिशत ढुवानी हुने यस मार्गमा अझै पनि खतरा रहेको स्वीकार गरेका छन् ।

ट्रम्पले लेखेका छन्, ‘अझै पनि साँघुरो समुद्री मार्गमा जहाजहरूमाथि आक्रमण हुन सक्ने खतरा छ।’ एएफपीले उक्त रिपोर्टबारे प्रतिक्रियाका लागि गरेको अनुरोधमा अन्य अमेरिकी अधिकारीहरूले तत्काल प्रतिक्रिया दिएका छैनन्।

संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि बमबारी गर्न थालेपछि तेहरानले इरानको तटमा उसका शत्रुहका लागि मुख्य मार्ग लगभग अवरुद्ध गरेको छ, यद्यपि स्ट्रेट पुनः खोल्नु शनिबारदेखि सुरु भएको युद्धविराम वार्तामा राखिएको प्रमुख सर्त रहेको छ।

इरानी सञ्चारमाध्यमका अनुसार मध्यपूर्वलाई हिंसामा परिणत गरेको र विश्व अर्थतन्त्रलाई स्तब्ध पारेको द्वन्द्व अन्त्य गर्ने प्रयासमा इरानी र अमेरिकी अधिकारीहरूले शनिबार पाकिस्तानमा वार्ता सुरु गरेका छन्।

यसअघिको एक पोस्टमा राष्ट्रपति ट्रम्पले विश्वभरबाट ‘खाली ट्याङ्करहरू तेल किन्नका लागि’ अमेरिका गइरहेको बताएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  १० : २८ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम