गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’  « Khabarhub

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्दा देश लङ्का बनिसकेको व्यङ्ग्य गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति (सुन) तर्फ लक्षित गर्दै डाँडाभरि लालीगुराँस फुल्नेबेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै कटाक्ष गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा समृद्धि आइसकेको र सुशासन त्यहीँबाट आरम्भ भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्– ‘देश लंका बनिसकेछ, डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ– सुशासन त्यहिँबाट आरम्भ भै हाल्छ।’

उनले ‘जहाँ कङ्गाल, त्यहाँ चण्डाल’ भन्ने नेपाली उखानलाई उधृत गर्दै अब देश कङ्गाल अवस्थाबाट मुक्त भएको तर त्यो मुक्ति जनताका लागि नभई सत्ताको वरपर घुम्नेहरूका लागि मात्र आएको संकेत गरेका छन् । 

उनले प्रधानमन्त्री वालेन्द्र शाह चुनावी अभियानका क्रममा सुदूरपश्चिम जाँदा लेखेको स्टाटस ‘झिक्कै झिक्कै मया तम्लाई’उल्लेख गर्दै मन्त्रीहरुको सम्पत्ति विवरणसँगै मुलुकमा समृद्धि आइसकेको व्यंग्य गरेका छन् ।

उनले लेखेका छन्– ‘जहाँ कङ्गाल त्यहि चण्डाल भन्थे, त्यो दुर भएछ– झिक्कै झिक्कै मया तम्लाई !’

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ९ : ४० बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि