एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित  « Khabarhub

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४ सय ९६ जनाको मृत्यु भएको छ । 

गृह मन्त्रालय अन्तर्गत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ सालको वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको अवधिमा मुलुकभर ७ हजार ७ सय १६ विपद्का घटनामा परी ४ सय ९६ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन् । 

यी विभिन्न घटनामा परी १ हजार ९ सय ९१ जना घाइते भएका प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै लागालागीका ३ हजार ७ सय ६८ घटना हुँदा  १०६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सर्पदंशका ६ सय २७ घटनामा १०१ जनाको मृत्यु भएको छ ।

६ सय २४ पहिरोका घटनामा ७६ जनाको मृत्यु भएको छ भने चट्याङका  ४ सय २६ वटा घटनामा ४८ जनाको मृत्यु भएको  प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

यस वर्ष विपद्का कारण कुल १३ हजार ६ सय ९३ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सबैभन्दा बढी प्रभावित परिवारको संख्या आगलागीका कारण ४हजार ३२ र बाढीका कारण ३ हजार ३ सय रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १ : ३७ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी