सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो « Khabarhub

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा जवाफ फर्काएका छन्।

सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा उनले यस्तो भनाइ सार्वजनिक गरेका हुन् । गुरुङले गरिब जन्मिनु गल्ती नभए पनि गरिब नै भएर मर्नु चाहिँ गल्ती हुने पनि बताएका छन् ।

‘तिमी जन्मिँदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब नै मर्नु त्यो तिम्रो गल्ती हो’, चेतावनीको शैलीमा उनी भन्छन्, ‘सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन। सरकारमाा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो । चेतना भया ! ’

उनले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा गोरखामै हदबन्दीभन्दा धेरै जग्गा पाइएको छ। गुरुङको नाममा धनकुटामा मात्रै १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ ।

उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ । तर उनले कमाएको स्रोत खुलाउन सकेका छैनन्।

गृहमन्त्री गुरुङको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर-१८ गुञ्जनगरमा ३० कठ्ठा जग्गा छ ।

उता बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ । जबकि पहाडमा ८० रोपनी भन्दा धेरै जग्गा राखेमा हदबन्दी लाग्ने नियम छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १२ : ५८ बजे

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भद्रपुर– तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ