फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी « Khabarhub

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको छ। मन्त्री गुरुङले सम्पत्ति विवरणबारे आलोचना गर्नेहरूलाई लक्षित गर्दै इन्स्टाग्राम स्टोरीमा दिएको भनाइपछि व्यापक प्रतिक्रिया आएको हो।

उनले ‘जन्मिँदै गरिब हुनु गल्ती होइन, तर गरिब भएर मर्नु गल्ती हो’ भन्ने अभिव्यक्ति दिएका थिए। साथै सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाउनु पाप नभएको तर सरकारमा आएर भ्रष्टाचार गर्नु पाप हुने चेतावनी पनि दिएका थिए। आलोचना बढेपछि उक्त स्टोरी अहिले हटाइएको छ।

यसैबीच जेन–जी अभियन्ता रक्षा बम ले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको भनाइको कडा प्रतिवाद गरेकी छन्। उनले गरिबीलाई व्यक्तिको गल्ती ठान्ने दृष्टिकोणप्रति आपत्ति जनाउँदै राज्यले सबैलाई समान अवसर दिन नसकेको यथार्थ औंल्याएकी छन्।

उनले देशका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै आर्थिक हैसियतकै आधारमा नागरिकलाई ‘गलत’ भन्नु पदीय मर्यादाविपरीत हुने बताएकी छन्। “आज गरिब भएर मर्नु गल्ती हो भनियो भने भोलि गरिब हुनु नै अपराध ठहरिन सक्छ,” उनले चेतावनी दिएकी छन्।

मन्त्री गुरुङको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा सरकारको दृष्टिकोण र जनताको आर्थिक यथार्थबीचको दूरीबारे बहस तीव्र बनेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  २ : ५६ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी