फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी « Khabarhub

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको छ। मन्त्री गुरुङले सम्पत्ति विवरणबारे आलोचना गर्नेहरूलाई लक्षित गर्दै इन्स्टाग्राम स्टोरीमा दिएको भनाइपछि व्यापक प्रतिक्रिया आएको हो।

उनले ‘जन्मिँदै गरिब हुनु गल्ती होइन, तर गरिब भएर मर्नु गल्ती हो’ भन्ने अभिव्यक्ति दिएका थिए। साथै सरकारमा आउनुअघि इमान्दारीपूर्वक कमाउनु पाप नभएको तर सरकारमा आएर भ्रष्टाचार गर्नु पाप हुने चेतावनी पनि दिएका थिए। आलोचना बढेपछि उक्त स्टोरी अहिले हटाइएको छ।

यसैबीच जेन–जी अभियन्ता रक्षा बम ले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीको भनाइको कडा प्रतिवाद गरेकी छन्। उनले गरिबीलाई व्यक्तिको गल्ती ठान्ने दृष्टिकोणप्रति आपत्ति जनाउँदै राज्यले सबैलाई समान अवसर दिन नसकेको यथार्थ औंल्याएकी छन्।

उनले देशका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै आर्थिक हैसियतकै आधारमा नागरिकलाई ‘गलत’ भन्नु पदीय मर्यादाविपरीत हुने बताएकी छन्। “आज गरिब भएर मर्नु गल्ती हो भनियो भने भोलि गरिब हुनु नै अपराध ठहरिन सक्छ,” उनले चेतावनी दिएकी छन्।

मन्त्री गुरुङको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा सरकारको दृष्टिकोण र जनताको आर्थिक यथार्थबीचको दूरीबारे बहस तीव्र बनेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  २ : ५६ बजे

काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय

धुलिखेल र चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ गर्ने सहमति

धुलिखेल-धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्थित अली

रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार

एजेन्सी– युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौँ किलोमिटर

पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा

काठमाडौं– राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’  पेस भएको

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते