सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह « Khabarhub

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मुलुक प्रयोगशाला मात्र बनेको टिप्पणी गरेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय राजनीति र शासन प्रणालीमा भएका अनेकन फेरबदलले देशलाई प्रगतिको पथमा लैजानुको साटो पछाडि धकेलेको टिप्पणी गरे ।

राजनीति, राज्यपद्धती र शासन प्रशासनको प्रणालीमा भएका हेरफेरले कोरा परिवर्तन मात्रै भएको तर राष्ट्रको श्रीवृद्धिमा पछि परिएको उनको भनाइ छ । ‘हामी सधैँ प्रयोग, सधैँ अभ्यास र विकल्पको खोजीमा लाग्यौँ । फलस्वरुप देश प्रयोगशाला मात्रै बन्यो ।’ उनले भने ।

शुभकामना सन्देशमा पूर्वराजा शाहले विगतका वर्षहरूमा नेपालले वाञ्छित विकास गर्न नसकेको र नेपालीको मनोभावना पनि निराशाजनक रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, “राजनीति, राज्य पद्धति र शासन प्रशासनमा धेरै हेरफेर हेर्‍यौँ, कोरा परिवर्तन मात्र भयो। राष्ट्रको श्रीवृद्धिमा हामी पछि पर्‍यौँ। सधैँ प्रयोग, सधैँ अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो ।”

शुभकामना सन्देशमा उनले राजनीति र राज्य सञ्चालनमा युवाहरूको सहभागितालाई उनले उत्साहको विषय भएको बताएका छन् । उनले पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका युवाहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

देश चौतर्फी समस्याको चाङमा रहेको बताउँदै पूर्वराजा शाहले अहिलेको प्राथमिकता राष्ट्रिय हितमा हुनुपर्नेमा जोड दिए । उनले भने, “देशको आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकी र बाह्य मित्रशक्तिसँगको सहयोग र सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ ।”

उनले आन्तरिक सुरक्षा प्रणाली नाजुक रहेको भन्दै देशलाई जोगाउन र नागरिकलाई शारीरिक, मानसिक तथा भौतिक सुरक्षाको अनुभूति दिलाउन राज्यको गम्भीर ध्यान पुग्नुपर्ने आवश्यकता औँल्याए । निषेध, फुट, द्वन्द्व र विग्रहले राष्ट्रलाई कमजोर बनाउने बताउँदै उनले परस्परको सद्भावमा जोड दिएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ४ : ४९ बजे

ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार मौज्दात

दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

दाङ– दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा

काठमाडौं– नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न

कांग्रेसको विवादमा ट्विस्ट : आधिकारिकतासम्बन्धी मुद्दा सुरूदेखि नै सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा नयाँ ट्विस्ट भएको छ। सर्वोच्च