स्मार्टफोनका लागि एडोबले क्यामेरा एप ल्याउने, यस्ता छन् फिचर | Khabarhub Khabarhub

स्मार्टफोनका लागि एडोबले क्यामेरा एप ल्याउने, यस्ता छन् फिचर


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फोटो इडिटिङको लागि परिचित सफ्टवेयर हो एडोब फोटोसप । यही फोटोसप सफ्टवेयर निर्माता कम्पनी एडोबले स्मार्टफोनको लागि क्यामेरा एप सार्वजनिक गर्ने घोषणा गरेको छ । एडोबले गत सोमबार ब्लगमार्फत यस्तो घोषणा गरेको हो ।

कम्पनीका अनुसार यो एप आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको हुनेछ । जसका कारण एपले फोटो खिच्दाखेरी वस्तु चिन्नुको साथै तस्विरको प्रकाश र रंग संयोजन गरी उत्कृष्ट बनाउनेछ ।

एडोबले अहिले थोरै संख्यामा आईओएस र एन्ड्रोइड स्मार्टफोनमा यसको प्रयोग भइरहेको जानकारी दिएको छ । एआईको प्रयोग गरिएको हुनाले अन्य क्यामेराको तुलनामा यसले बढी सुन्दर तस्विर खिच्ने कम्पनीको दाबी छ ।

एडोबका अनुसार धेरै कलाकारहरूले बनाएका विभिन्न खालका फिल्टर पनि क्यामेरामा प्रयोग गरिनेछ । ती फिचरहरू प्रयोगकर्ताले फोटोमा प्रयोग गर्न सक्नेछन् । एडोबले सार्वजनिक गरेका केही स्क्रिनसटमा देखाइए अनुसार यसमा बढी कलात्मक पेन्टिङजस्ता फिल्टरहरु प्रयोग गरिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  २ : २७ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको