लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल « Khabarhub

लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी विदेश मन्त्रालयले लेबनान र इजरायलबीच मंगलबार हुने वार्तामा विदेशमन्त्री मार्को रुबियो सहभागी हुने पुष्टि गरेको छ । वासिङ्टनस्थित इजरायली राजदूत येचिएल लेइटर र लेबनानी राजदूत नादा हमादेह मोवादबीच हुने छलफलमा रुबियो सहभागी हुन लागेका हुन् ।

अमेरिकी समय अनुसार बिहान ११:३० बजे विदेश मन्त्रालयमा हुने यो वार्ताको मुख्य उद्देश्य दक्षिणी लेबनानमा जारी सैन्य द्वन्द्व अन्त्य गर्नु रहेको छ । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परी हालसम्म २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ६ हजार ५ सयभन्दा बढी घाइते भएका छन् । लाखौँ नागरिक विस्थापित भएका छन् ।

यसैबीच, हिजबुल्लाहका नेता नइम कासिमले लेबनानलाई इजरायलसँगको प्रस्तावित वार्ता रद्द गर्न आग्रह गरेका छन् । हिजबुल्लाहले इजरायलसँग प्रत्यक्ष वार्ता गर्ने कुरालाई अस्वीकार गर्दै आएको छ ।

यसै सन्दर्भमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इरानमाथि हर्मज जलसन्धिमा ‘आर्थिक आतंकवाद’ फैलाएको आरोप लगाएका छन् । अमेरिकाले उक्त क्षेत्रमा लगाएको नाकाबन्दी कार्यान्वयनमा आएसँगै भेन्सको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ६ : ४७ बजे

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर