दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा « Khabarhub

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राखेका छन् ।

नयाँ वर्ष २०८३ को अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना व्यक्त गर्दै उनले शान्त, सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल बनाउन सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सभापति थापाले नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण गर्दै, भविष्यमा देखापर्ने राष्ट्रिय चुनौतीको सामना एकताबद्ध रूपमा गर्ने दृढ सङ्कल्प र अठोटका साथ अघि बढ्नुपर्ने बताए । उनले नवीन अवसरको सदुपयोग गर्दै सुशासन सुदृढ पार्दै आर्थिक विकास र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्नुपर्ने महत्वपूर्ण घडी आएको उल्लेख गरे ।

नयाँ वर्षले सबै नेपालीबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाओस् भनी कामना गर्दै उनले आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन नयाँ ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : ०४ बजे

शुक्लाफाँटामा स्वास्थ्य बीमा कार्यक्रममा न्यून सहभागिता

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रमबाट अपेक्षाअनुसार सर्वसाधारण लाभान्वित हुन

राष्ट्रियसभा अध्यक्ष इस्तानबुल प्रस्थान

काठमाडौँ– राष्ट्रियसाभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयु)को १५२औँ महासभामा

भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक

भक्तपुर– भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको

नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

नवलपरासी – गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भइरहेको

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको