बारामा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू « Khabarhub

बारामा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बारा- बारास्थित प्रसौनी गाउँपालिका–२ मा रहेको श्री बेंगा साह माध्यमिक विद्यालयको नयाँ विद्यालय तथा पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

शिलान्यास भारतका महावाणिज्यदूत देवी सहाय मीना र गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले संयुक्त रूपमा गरेका हुन्।

भारत सरकारको करिब ३३.२ मिलियन नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत सञ्चालन गरिनेछ। परियोजना प्रसौनी गाउँपालिकामार्फत् कार्यान्वयन हुने जनाइएको छ।

निर्माणाधीन भवनमा आधुनिक कक्षाकोठासहित पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, क्यान्टिन र भान्छा लगायतका सुविधा समेटिनेछन्। दुईदेखि तीन तल्लासम्मका शैक्षिक संरचना निर्माण गरिने योजना छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवनले विद्यार्थीलाई सुरक्षित र अनुकूल शैक्षिक वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे।

छिमेकी राष्ट्रका रूपमा नेपाल–भारतबीच बहुआयामिक सहयोग रहँदै आएको उल्लेख गर्दै यस्ता परियोजनाले नेपालको विकास प्रयासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १२ : २२ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत