फर्केर हेर्दा २०८२ : राजनीतिसँगै आर्थिक-सामाजिक क्षेत्रमा के के भयो ? « Khabarhub

फर्केर हेर्दा २०८२ : राजनीतिसँगै आर्थिक-सामाजिक क्षेत्रमा के के भयो ?


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८३ सुरु भएको छ । २०८२ अरु वर्षहरु झैँ सामान्य बितेको वर्ष पक्कै हैन, सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरू हामीलाई उपहार दिँदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ ।

२०८२ साल राजनीतिक हिसाबले त उतारचढावपूर्ण वर्ष रह्यो नै, अन्य क्षेत्रमा पनि सम्झन र बिर्सन लायक थुप्रै घटना दुर्घटना भए । जेन-जी आन्दोलनले राजनीति त परिवर्तन भयो तर आर्थिक क्षेत्रमा ठूलो क्षति हुन पुग्यो। भाटभटेनी लगायत थुप्रै उद्योग व्यवसाय ध्वस्त पारिए ।

भदौ २४ को विध्व‌ंशले सबैभन्दा बढी प्रभावित भाटभटेनी सबैभन्दा छिटो उठ्यो पनि। आगलागीमा पूर्ण क्षति भएका धेरै आउटलेट सञ्चालनमा आइसकेका छन् ।

यो वर्ष विगतका वर्षहरूमा जस्तै सडक दुर्घटनाको नियति पनि बेहोर्नुपर्‍यो। खासगरी धादिङ बस दुर्घटना बिर्सन लायक घटना बन्यो। चरौंदीमा भएको दुर्घटनामा ३ विदेशीसहित १९ जनाले ज्यान गुमाए ।

खेल क्षेत्रको कुरा गर्ने हो भने त्रिवि क्रिकेट रंगशाला फ्लड लाइटले सजियो र पहिलो पटक नेपालीहरूले रात्रिकालिन क्रिकेटको मजा लिन पाए । ख्यातिप्राप्त अन्तर्राष्ट्रिय खेलाडीहरूको आगमनले रौनक थपियो ।

ब्राजिलका प्रख्यात फुटबल खेलाडी रोबर्टो कार्लोसको आगमनले नेपालको प्रचार अन्तर्राष्ट्रिय स्तरसम्म हुन सहयोग पुग्यो। नेपाल सुपर लिगका लागि उनलाई नेपाल ल्याइएको थियो । 

आर्थिक क्षेत्रमा यो वर्ष उल्लेख्य रहेन। त्यसै पनि शिथिल निजी क्षेत्र जेन-जी आन्दोलनले झन् थलियो। यसै वर्ष राष्ट्र बैंकको नयाँ गभर्नरमा विश्व पौडेल नियुक्त भए । यही वर्ष मधेश खडेरीले आक्रान्त बन्यो । धानले हरियाली हुनुपर्ने खेतहरूमा धाँजा फाटे ।

उता रसुवा बाढीले वितण्डा मच्चाउँदा चीनसँगको नाका लामो समय बन्द हुन पुग्यो । सयौँ गाडी बाढीमा बगे, पुरिए । मनोरञ्जन क्षेत्रको कुरा गर्ने हो भने भारतबाट आएका नोरा फतेही, सञ्जय दत्त, सोनु निगम लगायतले काठमाडौं तताए ।

उता इजरायलमा हमासको आक्रमणमा परी विपिन जोशीले ज्यान गुमाए। उनको शव नेपाल ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी/अर्काइभ 

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : २१ बजे

नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

राजविराज (सप्तरी)- हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा

नयाँ वर्षको पहिलो दिन १२ हजार दर्शनार्थी पुगे मुक्तिनाथ

मुस्ताङ– नयाँ वर्षको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिब १२ हजार

काठमाडौंका यी रुटमा आजबाट रात्रि बससेवा

काठमाडौं । महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गर्ने भएको

पश्चिम एसिया युद्ध रोक्न चीनको चार सूत्रीय प्रस्ताव, अमेरिकालाई कडा चेतावनी

बेइजिङ- चीनका राष्ट्रपति शी चिनफिङले मध्यपूर्व (पश्चिम एसिया ) मा