प्रधानमन्त्री कप : आजको खेलमा गण्डकी प्रदेश विजयी « Khabarhub

प्रधानमन्त्री कप : आजको खेलमा गण्डकी प्रदेश विजयी


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश विजयी भएको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई नौ विकेटले हराएको हो । 

कर्णालीले २५ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७२ रन जोडेको थियो । कर्णालीका प्रकाश जोशीले ३६ बलमा १५ रन जोडेका थिए । त्यस्तै, कर्णालीका दिवन पुनले २७ बलमा १४ रन जोडे । गण्डकी प्रदेशका विपिन खत्रीले पाँच विकेट र अपराजित पौडेलले तीन विकेट लिएका थिए । 

जबाफी ब्याटिङमा उत्रिएको गण्डकीले १३ ओभरमा एक विकेट गुमाउँदै ७४ रन जोडेको थियो । गण्डकीका तर्फबाट सिब्रिन श्रेष्ठले ३४ बलमा ४० रन र दीपक डुम्रेले १८ बलमा २२ रन जोडेका थिए । कर्णाली प्रदेशका विपिन शर्माले एक विकेट लिएका थिए ।

आजको खेलमा गण्डकी प्रदेशका विपिन खत्री ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही वैशाख ४ गते हुँदैछ । 

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ५ : २९ बजे

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका