पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म ३ महिना निःशुल्क बस सेवा « Khabarhub

पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म ३ महिना निःशुल्क बस सेवा


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरसिंह चोकको सडकसम्म आउने यात्रुहरूको लागि आगामी तीन महिनासम्म निःशुल्क बस सेवा सञ्चालन सुरु गरेको छ ।  

नयाँ वर्षको अवसर पारेर सुरु भएको सुविधा सम्पन्न इलेक्ट्रिक सटल बस सेवा आगामी असार मसान्तसम्म निःशुल्क रुपमा सञ्चालन हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् ।

नयाँ बर्ष प्रवेशको अवसर पारेर वैशाख १ गते दिउसो ३ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क बस सेवा सुरु भएको उनले बताए ।

असार मसान्तसम्म मात्र सेवा दिनुभन्दा यस किसिमको सेवा नियमित हुन सके आम सर्वसाधारण र पर्यटकहरू लाभान्वित हुने र विमानस्थलबाट पृथ्वी चोकसम्म यस किसिमको बस सेवा उपलब्ध हुन सके धेरैलाई सहज हुने कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बताइन् ।

विमानस्थल हुँदै पोखरामा आउने यात्रुहरूले विमानस्थलबाट ट्याक्सी वा अन्य सेवा महँगो र भरपर्दो नभएको भनेर गुनासो आइरहेको बेला पोखरा महानगरपालिकाले सुरु गरेको यो सेवालाई सकारात्मक रुपमा लिएर निरन्तरता दिनु पर्ने सुझाव सर्वसाधारणले दिएका छन् ।

पोखरा महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था र मोटर सञ्चालन कम्पनीहरूको साझेदारीमा यो सेवा सुरु गरिएको यो सेवा पोखरा महानगरले आफ्नो पाइलटिङ कार्यक्रमका रूपमा केही महिनाका लागि निःशुल्क उपलब्ध गराउन लागेको हो ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ५ : ४७ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले