मधेशमा जुडशीतल पर्वको दोस्रो दिन : मान्यजनबाट शिरमा जलसेचन लिइँदै « Khabarhub

मधेशमा जुडशीतल पर्वको दोस्रो दिन : मान्यजनबाट शिरमा जलसेचन लिइँदै


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट आशीर्वादस्वरुप जलसेचन लिइँदैछ ।

वैशाख सङ्क्रान्तिसँगै सुरु हुने दुईदिने जुडशीतल पर्वमा शीतलताको प्रतीकस्वरुप मान्यजनबाट शिरमा जलसेचन लिने पुरानो मैथिल परम्परा हो । यसअघि वैशाख सङ्क्रान्तिका दिन जुडशीतल पर्वको पहिलो दिन मैथिलले ‘सतुवाइन’ विधि मङ्गलबार नै सम्पन्न गरिसकेका छन् ।

पर्वको दोसो दिन आज बढ्दो गर्मीको रापबीच जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइन्छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष सुरु भएको अवसरमा पहिलो दिन ‘सतुवाइन’ विधिबाट सुरु हुने यो पर्वमा दोस्रो दिन घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन् । पहिलो दिन वैशाख सङ्क्रान्तिमा जौ, चनाको सातु, चिसो पानीमा बनेको सर्वत पिएर ‘सतुवाइन’ मनाइन्छ ।

नयाँ वर्षले आरोग्य जीवन देओस् भन्ने पर्वको मुख्य सन्देश रहेको पाका मैथिल बताउँछन् । गर्मी मौसमको यस पर्वमा चना, मुँग र कँगनोसहितको सातु पहिलो दिन इष्टदेवलाई चढाएर खाने चलन छ । यसैगरी दोस्रो दिन आज चना र मुँगकै दाल, यिनको पीठोको बेसनमा काँचो केरा, लौका र परवलको तरुवा, सोहिजन (मुन्गा)को तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने मैथिल परम्परा छ । यसै परम्पराअनुसार आज घरघरमा पर्वका लागि विभिन्न परिकार बनाइँदै छन् । गर्मीयाममा खाइने परिकारबारे सचेतना बढाउन पूर्वजले यो पर्व परम्परा बसालेका हुनसक्ने मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउँछन् ।

सहकालको प्रतीक मानिने यस पर्वको दोसो दिन वर्षभरि अनुकूल वर्षाको कामना गर्दै समवयीबीच धुलो माटो र हिलो खेल्ने चलन पनि छ । यो खेलमा किशोर र युवा देखिन्छन् । यसै दिन आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । जुडशीतलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्छन् । यसरी यो पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास छ ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देस रहेको मानिन्छ । पर्वमा इष्टमित्र र आफन्तबीच सहभोज आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ८ : १९ बजे

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त

विद्यार्थीले तयार गरेका बाँसका सामग्री अतिथिलाई उपहार

गण्डकी– विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झनास्वरुप बजारबाट आयातित सामग्री

भोजपुरको लुङ्गिनमा ‘एक टोल, एक खेलमैदान’ निर्माण

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ । खेलकुद

सुनको मूल्य फेरि तीन लाख माथि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी

भक्तपुरमा सिन्दूर जात्राको उत्सव (तस्बिर)

भक्तपुर– भक्तपुरको थिमिमा ३२ खटसहितको सिन्दूर जात्रा मनाइएको छ ।