रायोको सागमा भेटियो अत्याधिक मात्रामा विषादी « Khabarhub

रायोको सागमा भेटियो अत्याधिक मात्रामा विषादी


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ।

दोलखाबाट ल्याएर कालिमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा ८२.१४०१ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार कालिमाटी तरकारी बजारस्थित पसल नम्बर ३५०४ उत्तम प्रसाद रेग्मीले बिक्रीका लागि राखेको रायोको साग परीक्षण गर्दा उक्त विषादीको मात्रा बढी भएको पाइएको हो । उक्त रायोको सागमा कार्वामेटको मात्रा पनि २०.०७६१ प्रतिशत भेटिएको छ ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  १० : ५३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले