नाकाबन्दीबीच अमेरिकाले भन्यो : चीनलाई इरानको तेल किन्न दिँदैनौँ « Khabarhub

नाकाबन्दीबीच अमेरिकाले भन्यो : चीनलाई इरानको तेल किन्न दिँदैनौँ


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकाले आफ्नो विश्व प्रतिस्पर्धी चीनलाई इरानी तेल किन्न नदिने अडान लिएको छ।

तेलको प्रमुख श्रोत इरानमाथि नाकाबन्दी लगाउँदै अमेरिकाले यस्तो बताएका हुन् । अमेरिकी वित्त मन्त्री स्कट बेसेन्टले चीनका जहाजहरूलाई हर्मुज स्ट्रेट हुँदै इरानको तेल लिन अनुमति नदिइने बताएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै बेसेन्टले स्पष्ट रूपमा अमेरिकी कारबाहीको मुख्य उद्देश्य नै चीनलाई यो महत्वपूर्ण समुद्री मार्गबाट इरानको कच्चा तेल लिन नदिनु रहेको बताए ।

यसैबीच अमेरिकी नाकाबन्दी तोड्न चिनियाँ ट्यांकर असफल भएको समाचार आएको छ। यससँगै इरानविरुद्ध अमेरिकी नाकाबन्दीको प्रभाव देखिन थालेको छ।

चीनको स्वामित्व भएको ट्यांकर ‘रिच स्टार्री’ ले यो नाकाबन्दी तोड्ने प्रयासमा असफल भएर हर्मुज स्ट्रेटतर्फ नै फर्किनुपरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

शिपिङ डाटाअनुसार, यो ट्यांकर ओमानको खाडीबाट निस्केपछि फेरि फर्किएको छ। यसमा पहिलेदेखि नै अमेरिकी प्रतिबन्ध लागेको छ।

मङ्गलबार अमेरिकी नौसेनाले कडाइ गर्दै चाबहार बन्दरगाहबाट निस्कने प्रयास गरिरहेका दुई तेल ट्यांकरलाई रोकेको थियो। यो कारबाही नाकाबन्दीको पहिलो दिन गरिएको थियो।

रिच स्टार्री ट्यांकर लगभग २.५ लाख ब्यारल मेथानोल बोकेर चलिरहेको थियो, जसलाई यूएईको हमरियाह पोर्टबाट लोड गरिएको थियो।

नाकाबन्दीका कारण समुद्री व्यापारमा पनि प्रभाव परेको छ। जहाँ पहिले दैनिक १३० भन्दा बढी जहाज यो रुटबाट गुजर्थे, अब उनीहरूको संख्या निकै घटेको छ।

यसैबीच अर्को प्रतिबन्धित जहाज ‘एलिसिया’ खाडीमा प्रवेश गरिरहेको छ । जसले इराकबाट तेल लोड गर्नेछ। त्यस्तै माल्टाको ट्यांकर ‘एगियोस फानूरियोस आई’ दोस्रो पटक खाडीमा प्रवेश गरेको छ। जसले भियतनामका लागि कच्चा तेल बोकेर लैजाने तयारी गरिरहेको छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ४ : ३० बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा