खेत जोत्ने क्रममा भेटिए ६९ वटा बम, सेनालाई डिस्पोज गर्नै हम्मे | Khabarhub Khabarhub

खेत जोत्ने क्रममा भेटिए ६९ वटा बम, सेनालाई डिस्पोज गर्नै हम्मे


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको बुङ्गल नगरपालिकामा खेत जोत्ने क्रममा ६९ वटा बमहरु फेला परेका छन् ।

बुङ्गल नगरपालिका–६ दान्तोलीका स्थानीयले मंगलबार खेत जोत्ने क्रममा बम भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मंगलबार नै बम भेटिएको ठाउँमा पहरा दिन शुरु गरेको थियो ।

बुधबार बिहान सदरमुकाम चैनपुरमा रहेको नेपाली सेनाको शार्दुल गुल्मबाट नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानतर्फ लागेको थियो ।

सेनाको टोलीले बिहान ११ बजेदेखि बम डिस्पोज गर्ने काम शुरु गरेपनि बुधबार साँझसम्म पनि डिस्पोज गर्ने काम नसकिएको स्थानीयले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमले खिया लागेको अवस्थामा खेतमा गाडिएको सकेट बम फेला परेको जानकारी दिए ।

‘बमको प्रकृति हेर्दा द्वन्द्वकालमा गाडिएको हुनसक्ने अनुमान गर्न सकिन्छ,’ डिएसपी बमले खबरहबसँग भने, ‘केही बम धेरै स–साना पनि छन् । धेरैजसो सकेट बम छन् ।’

बम भेटिएको ठाउँमा जिल्ला प्रहरी कार्यालय बझाङबाट थप प्रहरी परिचालन गरिएको छ । बम भेटिएको ठाउँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : ३१ बजे

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच

मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री 

काठमाडौं– जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्की मन्त्री छान्ने आन्तरिक छलफलमा