खेत जोत्ने क्रममा भेटिए ६९ वटा बम, सेनालाई डिस्पोज गर्नै हम्मे « Khabarhub

खेत जोत्ने क्रममा भेटिए ६९ वटा बम, सेनालाई डिस्पोज गर्नै हम्मे


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको बुङ्गल नगरपालिकामा खेत जोत्ने क्रममा ६९ वटा बमहरु फेला परेका छन् ।

बुङ्गल नगरपालिका–६ दान्तोलीका स्थानीयले मंगलबार खेत जोत्ने क्रममा बम भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मंगलबार नै बम भेटिएको ठाउँमा पहरा दिन शुरु गरेको थियो ।

बुधबार बिहान सदरमुकाम चैनपुरमा रहेको नेपाली सेनाको शार्दुल गुल्मबाट नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानतर्फ लागेको थियो ।

सेनाको टोलीले बिहान ११ बजेदेखि बम डिस्पोज गर्ने काम शुरु गरेपनि बुधबार साँझसम्म पनि डिस्पोज गर्ने काम नसकिएको स्थानीयले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमले खिया लागेको अवस्थामा खेतमा गाडिएको सकेट बम फेला परेको जानकारी दिए ।

‘बमको प्रकृति हेर्दा द्वन्द्वकालमा गाडिएको हुनसक्ने अनुमान गर्न सकिन्छ,’ डिएसपी बमले खबरहबसँग भने, ‘केही बम धेरै स–साना पनि छन् । धेरैजसो सकेट बम छन् ।’

बम भेटिएको ठाउँमा जिल्ला प्रहरी कार्यालय बझाङबाट थप प्रहरी परिचालन गरिएको छ । बम भेटिएको ठाउँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : ३१ बजे

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६

आज २०८३ साल असार २९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २९ गते सोमबार सन् २०२६