कामपामा ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा « Khabarhub

कामपामा ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कार्यालय आउँदाजाँदा आलोपालो गाडी चलाउने ‘कार पुलिङ’ व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।  

इन्धन कटौतीपछि कामपाले उपलब्ध गराएको सवारीसाधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। इन्धन अभावबाट सिर्जना हुनसक्ने अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्ता निर्णय गरिएको उनको भनाइ छ । 

डङ्गोलले भनिन्, ‘अहिले विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुनसक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ ।’ 

कामपाले ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ । ‘कार पुलिङ’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरूको समूह बनाइएको छ । यस समूहमा हुनेले आफूसँग भएको सवारीसाधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ । यसो गर्दा कार्यालयमा आउने जाने सवारीसाधनको सङ्ख्या र इन्धनको प्रयोग घट्ने प्रमुख डङ्गोलको भनाइ छ  । 
 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : १० बजे

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक

दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न