पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना « Khabarhub

पश्चिमी र स्थानीय वायुको प्रभाव: उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले पहाडी तथा हिमाली भूभागमा बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागलगायत देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी पहाडी भूभागमा आंशिक बदली हुने र तराईमा घाम लाग्ने सम्भावना छ।

महाशाखाका अनुसार कोशीका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा गण्डकी प्रदेशका पहाडी र बाँकी हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमसहित बाँकी पहाडी क्षेत्रमा आंशिक बदली भए पनि तराईको मौसम सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ। कोशी र गण्डकीका हिमाली भूभागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ७ : ०४ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको