आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा « Khabarhub

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्स (एलएसजी)लाई पाँच विकेटले हराएको छ । यो जितसँगै आरसिबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलमा आठ अंक जोड्दै आरसिबी शीर्ष स्थानमा पुगेको हो । समान खेल खेलेको लखनउ चार अंकसहित सातौं स्थानमा छ ।

बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा भएको खेलमा घरेलु टोलीले २९ बल बाँकी छँदै सहज जित हात पारेको हो।
लखनउले प्रस्तुत गरेको १ सय ४७ रनको मध्यम लक्ष्यलाई बेंगलुरुले १५.१ ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाउँदै भेट्टायो। बेंगलुरुको जितमा विराट कोहली अर्धशतक बनाउन एक रनले चुके । ्

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४६ रन मात्र बनाउन सकेको थियो। लखनउका लागि कुनै पनि ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन्। बेंगलुरुको कसिलो बलिङसामु लखनउका खेलाडी सुरुदेखि नै दबाबमा देखिएका थिए।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ७ : २३ बजे

दश पटक सगरमाथा चढेका रास्वपा सांसद शेर्पा सम्मानित

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटकसम्म सफल आरोहण गरेका

देशभित्रै घेरिँदै नेतन्याहू, ट्रम्पसामु झुकेको आरोप, सहयोग रोक्न अमेरिकामा पनि दबाब

तेलअभिभ- युद्धबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू देशभित्रै पनि घेरिँदै गएका

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक– सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको

जावलाखेलमा राजा वीरेन्द्रलाई यसरी गरियो सम्झना, घटना छानबिन गर्न माग

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५औँ स्मृति सभा देशभर

न्यूयोर्कका मेयरले बहिष्कार गरे इजरायल डे परेड, ६२ वर्षयताकै पहिलो घटना

न्यूयोर्क- अमेरिकी प्रमुख शहर न्यूयोर्कका मेयर जोहरान ममदानीले मे ३१