एघारौँ तहका अधिकृतको सरुवा तथा काज फिर्ता « Khabarhub

एघारौँ तहका अधिकृतको सरुवा तथा काज फिर्ता


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका अधिकृतहरूको सरुवा तथा पदस्थापन, सरुवा तथा काज फिर्ता गरेको छ । स्वास्थ्य मन्त्री निशा मेहताले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सरुवा, पदस्थापन तथा काज फिर्ता गर्ने निर्णय गरेकी हुन् ।

स्रोतका अनुसार मन्त्रालयको तीन वटा महाशाखामा प्रमुखहरू फेरिएका छन् । मन्त्रालय भित्रिनेमा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रोशन न्यौपाने र भर्खरै एघारौँ तहमा बढुवा भएका डा गुणनिधि शर्मा छन् । यद्धपी उनीहरूलाई कुन कुन महाशाखाको जिम्मेवारी दिने भन्ने अझै टुंगो लागेको छैन ।

मन्त्रालयको नीति योजना महाशाखामा रहेका डा चुमनलाल दासको नारायणी अस्पताल पर्सामा काज फिर्ता भएको छ । यस्तै स्वास्थ्य समन्वयमा रहेका डा भीम सापकोटालाई हेटौडास्थित किटजन्य प्रयोगशालामा पठाइएको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा सरोज शर्माको वीर अस्पतालमै काज फिर्ता भएको छ ।

उता स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक रहेका डा कृष्णप्रसाद पौडेलको पनि काज फिर्ता गरि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ ।

यद्धपी उनी अहिले बोर्डको कार्यकारी निर्देशकको भूमिकामा रहेको कारण तत्कालका लागि त्यही रहेर काम गर्न भनिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ११ : ३३ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा