ऋषिङमा दुई झोलुङ्गे पुल निर्माण « Khabarhub

ऋषिङमा दुई झोलुङ्गे पुल निर्माण


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न भएका छन् । ऋषिङ –५ र ७ जोड्ने फलामे र ऋषिङ–४ र ७ जोड्ने झोलुङ्गे पुल बनेका हुन् ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले औपचारिक रूपमा दुवै पुलको शुभारम्भ गर्दै यसले स्थानीय विकासमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । 

ऋषिङ–५ का वडाध्यक्ष बुद्धिमान रानामगरले एनजिओ नेटवर्क तनहुँमार्फत दुई वटा पुल निर्माण गरिएको जानकारी दिए । उनका अनुसार फलामे पुलको लागत रु ३२ लाख र झोलुङ्गे पुलको लागत रु ३४ लाख रहेको छ । 

एनजिओ नेटवर्क तनहुँका महासचिव राजेश्वर हड्खलेले पुल निर्माण पश्चात् विगतमा खोलानाला पार गर्दा भोग्नुपरेको जोखिम हट्ने र वर्षायाममा समेत सहज आवागमन हुने बताए । 

यसअघि स्थानीयले खोलाखोल्सी पार गर्न जोखिमपूर्ण अस्थायी संरचना वा वैकल्पिक लामो बाटो प्रयोग गर्नुपर्दथ्यो ।

पुल सञ्चालनमा आएपछि गाउँबीचको दूरी घट्नुका साथै कृषि उत्पादन ओसारपसार, बजार पहुँच, स्वास्थ्य सेवा तथा शैक्षिक गतिविधिमा सहजता आउने उपभोक्ता समितिका अध्यक्ष केशरबहादुर थापाले जानकारी दिए । रासस

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १२ : २६ बजे

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट