इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन « Khabarhub

इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनड्राइभले नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन ल्याएको छ । यस क्याम्पेनमार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।

यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसरा क्याम्पेनका मुख्य विशेषतामा १ राइड = १ लक्की – ड्र टिकट पाउने छन् । 

मेगा गिभअवेमा सहभागी हुन : राइड सकिएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर खल्तीमा कम्तीमा २ वटा कारोबार गर्नुपर्ने कम्पनीले जनाएको छ ।

अन्य पुरस्कारहरू :

  • १० वटा अनर एक्स ७ डि स्मार्टफोन (मेगा गिभअवे)

प्रोमो कोड पुरस्कार:

  • १,००० जनालाई १५ प्रतित क्यासब्याक (अधिकतम ५० रुपैयाँमा)
  • १,००० जनालाई २००रुपैयाँङ्गा क्यासब्याकसहित एयरलाइन प्रोमो कोड
  • १०० जनालाई खल्ती प्रोमा अपग्रेड

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्,’हामी प्रयोगकर्तालाई आफ्नो चालक छान्ने स्वतन्त्रता र उचित भाडा तय गर्ने अवसर दिन्छौं । ‘राइड मोर, विन मोर’ क्याम्पेन मार्फत हामीले आफ्ना प्रयोगकर्ताप्रति धन्यवाद व्यक्त गर्न चाहेका छौँ र अझ धेरै मानिसलाई हाम्रो सेवाको अनुभव गराउन चाहन्छौँ । जति धेरै राइड गर्नुहुन्छ, उति धेरै जित्ने अवसर पाउनुहुन्छ ।’

खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले भने,’इनड्राइभसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ । डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोडेर हामी यात्रालाई अझ सहज र सुरक्षित बनाउँदै छौँ । यसले विशेषगरी चाडपर्वको समयमा प्रयोगकर्तालाई थप सुविधा दिनेछ ।’

यो क्याम्पेन नेपालभरिका सबै प्रयोगकर्ताका लागि खुला रहेको छ । सहभागी हुन क्याम्पेन अवधिभर इनड्राइभ एपमार्फत राइड बुक गरे पुग्छ । लक्की–ड्र हरेक हप्ता हुनेछ र विजेताहरू इनड्राइभका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १ : ०५ बजे

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई

सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू 

काठमाडौं– गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’