सीजीले ल्यायो वर्ष २०८३ का लागि नयाँ अभियान : ‘एक्सपेरिएन्स लाइफ विद सीजी’ « Khabarhub

सीजीले ल्यायो वर्ष २०८३ का लागि नयाँ अभियान : ‘एक्सपेरिएन्स लाइफ विद सीजी’


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सीजीले नयाँ वर्ष २०८३ को आगमनसँगै नयाँ वार्षिक ब्रान्ड अभियान ‘एक्सपेरिएन्स लाइफ विद सीजी’ घोषणा गरेको छ । यस वार्षिक अभियान अन्तर्गत नयाँ वर्षलाई लक्षित गर्दै ‘भरोसा नेपालीको उत्सव नयाँ वर्षको’ भन्ने विशेष नाराका साथ उपहार योजनाको सुरुवात गरिएको हो ।

कम्पनीका अुनसार गत वर्ष सञ्चालित ‘लेवल अप!’ अभियानमार्फत सीजीले नेपाली बजारमा प्रविधि र गुणस्तरको नयाँ मापदण्ड स्थापित गरेको थियो ।

सोही अभियानअन्तर्गत नेपाली ब्रान्डमै एआई टिभी, एआई एयर फ्रायर, कराओके टिभी, र विशाल १०० इन्च टीभि जस्ता अत्याधुनिक उत्पादनहरू भित्र्याउँदै उपभोक्ताहरूलाई आफ्नो जीवनशैलीलाई अर्को स्तरमा पुर्‍याउन प्रोत्साहित गरेको कम्पनीको दाबी छ । 

‘एक्सपेरिएन्स लाइफ विद सीजी’ अभियानका मुख्य पक्षहरू

प्रिमियम जीवनशैलीको अनुभव : गत वर्षको प्रोत्साहन लाई यस वर्ष प्रत्यक्ष अनुभवमा बदल्दै सीजीले आफ्ना उच्च गुणस्तरका घरायसी उपकरणहरू, मनोरञ्जनका साधनहरू तथा स्मार्ट घरेलु उपकरणहरू मार्फत नेपाली घरहरूलाई थप सुविधायुक्त बनाउनेछ। विशेष गरी मेरिडिया सेगमेन्टका उत्पादनहरूले ग्राहकलाई विश्वस्तरीय अनुभव प्रदान गर्नेछन् ।

नयाँ वर्ष विशेष उपहार योजना : ‘भरोसा नेपालीको उत्सव नयाँ वर्षको’ अन्तर्गत प्रत्येक खरिदमा आकर्षक निश्चित उपहारहरू र विशेष क्यासब्याक प्रदान गरिएको छ।

बम्पर लक्की ड्र : नयाँ वर्षको खुसीयालीलाई थप उल्लासमय बनाउन सीजीका स्मार्ट घरेलु उपकरण खरिद गरी क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ। यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सामेल हुनेछन् । विजेताका लागि बम्पर उपहारको व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १ : ४५ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र