अमेरिकी नाकाबन्दी चिर्दै प्रतिबन्धित सुपरट्यांकर हर्मुज स्ट्रेटबाट खाडीमा प्रवेश « Khabarhub

अमेरिकी नाकाबन्दी चिर्दै प्रतिबन्धित सुपरट्यांकर हर्मुज स्ट्रेटबाट खाडीमा प्रवेश


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकाको प्रतिबन्धका बावजूद अर्को एक सुपरट्यांकर हर्मुज स्ट्रेट पार गर्दै पर्सियन गल्फ (फारसको खाडी) मा प्रवेश गरेको छ ।

रोयटर्सका अनुसार, भेरी लार्ज क्रूड क्यारियर (भीएलसीसी) ‘आरएचएन’ बुधबार खाडीमा प्रवेश गरेको देखिएको हो ।

एलएसईजी र क्प्लेरको मेरिटाइम डाटा अनुसार, यो ट्यांकर करिब २० लाख ब्यारल तेल बोक्न सक्षम छ ।

यद्यपि, हाल यो कुन दिशातर्फ जाँदैछ भन्ने स्पष्ट छैन । यसैबीच, इरानको फार्स न्यूज एजेन्सीले एक इरानी सुपरट्यांकर पनि अमेरिकी प्रतिबन्धका बावजूद हर्मुज स्ट्रेट पार गर्दै इमाम खोमैनी पोर्ट तर्फ बढिरहेको छ ।

यसअघि अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकोम) ले नाकाबन्दी सुरु भएयता १० वटा जहाजलाई फर्काइएको बताएको थियो । उसले कुनै पनि जहाजले नाकाबन्दी तोड्न नसकेको जनाएको थियो ।

हर्मुज संकटको प्रभाव

अमेरिका-इजरायल र इरानबीच बढ्दो तनावका कारण हर्मुज जलडमरूमध्य बन्द हुने प्रभाव अब विश्वव्यापी एभिएसन क्षेत्रमा देखिन थालेको छ । जेट फ्यूलको आपूर्ति घट्दा गर्मी मौसममा उडानहरू रद्द हुने खतरा बढेको छ ।

विशेषज्ञहरूका अनुसार, मे वा जुन महिनासम्म जेट फ्यूलको अभाव हुन सक्छ । रोस्ट्याड इनर्जी र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले मे महिनाबाट उडान रद्द हुन सुरु हुन सक्ने अनुमान गरेका छन्।

ओईसीडी युरोप क्षेत्र (युरोपेली संघ, बेलायत र नर्वे सहित) ले आफ्नो जेट फ्यूलको ३० प्रतिशतभन्दा बढी आयात गर्छन् । त्यसको ठूलो हिस्सा हर्मुज स्ट्रेट हुँदै आउँछ । आपूर्ति अवरुद्ध भएमा विश्वव्यापी विमान सेवा प्रभावित हुने आशंका छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  २ : २५ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई