संसदीय समिति सभापतिमा धमाधम मनोनयन (तस्बिरहरू) « Khabarhub

संसदीय समिति सभापतिमा धमाधम मनोनयन (तस्बिरहरू)


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिका लागि मनोनयन दर्ता भएको छ । 

बिहीबार संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा सबै समितिको सभापतिका लागि मनोनयन दर्ता भएको हो । 

कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समिक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको मनोनयन दर्ता भएको छ ।

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा ओजस्वी शेरचन र एमालेका गुरु बरालको मनोनयन दर्ता भएको छ ।

त्यसैगरि सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत बहादुर खड्का, अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ ।

त्यस्तै संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिमा बोध नारायण श्रेष्ठले मनोनयन दर्ता गर्नुभएको छ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा)ले मनोनयन दर्ता गरेका छन् ।

शुक्रबार बस्ने सम्बन्धित समितिको बैठकमा मनोनयन सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने र सभापति निर्वाचित भएको घोषणा हुने सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ३ : ३७ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक