कामदारलाई दासजस्तै व्यवहार गरेको भन्दै ब्राजिलले बीवाईडीलाई राख्यो कालोसूचीमा « Khabarhub

कामदारलाई दासजस्तै व्यवहार गरेको भन्दै ब्राजिलले बीवाईडीलाई राख्यो कालोसूचीमा


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिलले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीलाई कामदारमाथि दासजस्तै व्यवहार गरेकोसम्बन्धी कालोसूचीमा राखेको छ। सन् २०२४ मा चिनियाँ कामदारहरू मानव बेचबिखन र अपमानजनक श्रम सम्झौताको सिकार भएको खुलासा भएपछि ब्राजिलको श्रम मन्त्रालयले यो कदम चालेको हो । बीवाईडीका लागि चीनपछि सबैभन्दा ठुलो बजार मानिएको ब्राजिलमा यो निर्णयले कम्पनीको प्रतिष्ठामा ठुलो धक्का पुगेको छ।

यो सूचीमा परेपछि बीवाईडीले अब ब्राजिलका बैंकहरूबाट निश्चित प्रकारका ऋण सुविधाहरू पाउने छैन। यद्यपि, यसले कम्पनीको अटो प्लान्ट सञ्चालनमा भने कुनै असर पार्ने छैन। कम्पनीले यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

कामदार आपूर्ति गर्ने ठेकेदार कम्पनी ‘जिनजियाङ ग्रुप’ ले भने यी आरोपहरूको खण्डन गरेको छ। बीवाईडीले पनि यसअघि सञ्चारमाध्यममा खबर नआएसम्म आफूलाई यसबारे जानकारी नभएको दाबी गरेको थियो।

तर, ब्राजिलका अधिकारीहरूले भने ठेकेदारको कामको निगरानी गर्ने जिम्मेवारी कम्पनीकै हुने भएकाले बीवाईडी नै यसमा जवाफदेही हुनुपर्ने तर्क गरेका छन्।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ४ : ४७ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन