कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग « Khabarhub

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ ।

कोइकाले आज जारी गरेको विज्ञप्‍तिअनुसार कोरियाबाट स्वदेश फर्किएका आप्रवासीको  पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम  प्रदान गरिएको हो । 

कोरियाबाट फर्किएकाहरूलाई वित्तीय समस्या हुन नदिन तथा उनीहरूलाई उद्यममा व्यस्त राख्न कोरियामा आर्जन गरेको सीप र अनुभवलाई उपयोग गरी स्थानीय आर्थिक विकासमा टेवा पुर्‍याउनु परियोजनाको लक्ष्य हो । 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १२ : १३ बजे

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका