राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल « Khabarhub

राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्विरोध निर्वाचित भएका छन्।

ढकालको मात्र मनोनयन दर्ता भएपछि सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। उनले बिहीबार सांसद पुरुषोत्तम शुप्रभात यादवको प्रस्ताव र सांसद श्रद्धा कुँवरको समर्थनमा सभापतिका लागि मनोनयन दर्ता गरेका थिए।

निर्वाचनपछि प्रतिक्रिया दिँदै सभापति ढकालले समितिलाई दलगत सीमाभन्दा माथि उठाएर प्रभावकारी ढंगले सञ्चालन गर्ने बताएका छन्। विगतमा विभिन्न कारणले समितिहरू प्रभावकारी रूपमा चल्न नसकेको उल्लेख गर्दै उनले अब त्यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले वर्तमान स्थिर सरकारलाई सघाउँदै सुशासन कायम गर्न समितिको भूमिका महत्वपूर्ण हुने पनि बताए। साथै, समितिमा प्राप्त उजुरीहरूलाई प्राथमिकताका आधारमा अध्ययन गरी अघि बढाइने र महत्वपूर्ण विधेयकहरूमाथिको छलफललाई थप प्रभावकारी बनाइने उनको भनाइ छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  २ : ५९ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६