प्रधानमन्त्री बालेनको पुरानो र्‍याप भिडियोविरुद्ध साइबर ब्यूरोमा उजुरी « Khabarhub

प्रधानमन्त्री बालेनको पुरानो र्‍याप भिडियोविरुद्ध साइबर ब्यूरोमा उजुरी


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुरानो र्‍याप भिडियोलाई लिएर साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ।

उजुरीमा उक्त भिडियोका केही शब्द र सन्देशले महिला तथा लैङ्गिक र यौनिक अल्पसंख्यक (जीएसएम) समुदायप्रति आपत्तिजनक भावना फैलाएको, घृणा अभिव्यक्ति गरेको तथा हिंसा सम्बन्धी सन्देश समेटिएको दाबी गरिएको छ।

उजुरी दर्ता गर्नेहरूमा जीएसएम समुदायका सक्रिय सदस्यहरू पवन राई (बाबु दुमी), विवेक मगर, मनिन्द्र सिंह दनुवार र रोजी पुन छन्।

उनीहरूले सार्वजनिक पदमा रहेका व्यक्तिको विगतका अभिव्यक्ति र सामग्रीप्रति जवाफदेहिता आवश्यक हुने भन्दै आवश्यक छानबिनको माग गरेका छन्।

बालेनको उक्त भिडियो सामग्रीले समुदायभित्र गम्भीर चिन्ता उत्पन्न गरेको छ। यसैबीच, साइबर ब्यूरोले भिडियो हटाउने विषयमा आवश्यक पहल गर्ने मौखिक आश्वासन दिएको उजुरीकर्ताहरूले बताएका छन्।

उजुरीकर्ताहरूले अब प्रक्रिया कति छिटो र प्रभावकारी रूपमा अघि बढ्छ भन्ने कुरा महत्वपूर्ण हुने बताएका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ५ : ०७ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६