युरोपा लिग : भिक्टोरिया एससीले आर्सनललाई बराबरीमा रोक्यो « Khabarhub

युरोपा लिग : भिक्टोरिया एससीले आर्सनललाई बराबरीमा रोक्यो


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी युरोपा लिग फुटबलको बुधबार रातिको खेलमा इंग्लिस क्लब आर्सनल बराबरीमा रोकिएको छ ।

आर्सनल पोर्चुगिज क्लब भिक्टोरिया एससीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

भिक्टोरियाको मैदानमा सुरुवाती अग्रता बनाए पनि अन्तिम केहि मिनेट सम्हालिन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा शोक्द्रान मुस्ताफीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा ब्रुनो दुआर्टेले गोल गर्दै भिक्टोरियालाई १-१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै समूह एफ को आर्सनलले ४ खेलमा १० अंक जोडेको छ । आर्सनल समूहको शीर्ष स्थानमा छ ।

भिक्टोरिया १ अंक जोडेर पुछारमा छ । भिक्टोरियाको यो पहिलो अंक समेत हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : ५५ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा