शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी « Khabarhub

शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

हमदाबाद – कप्तान शुभमन गिलको विष्फोटक ब्याटिङ मद्दतमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) माथि रोमान्चक जित दर्ता गरेको छ । शुक्रबार राति अहमदाबादमा भएको खेलमा गुजरातले कोलकातालाई ५ विकेटले पराजित गरेको हो ।

कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातको जितमा नायक बनेका गिलले ५० बलमा ८६ रनको सानदार इनिङ खेले । उनी ‘प्लेयर अफ द म्याच’ चुनिए । अन्तिम ओभरसम्म तन्किएको रोमान्चक भिडन्तमा गुजरातले २ बल बाँकी छँदै जित हात पारेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १८० रन बनाएको थियो । मध्यम योगफल रक्षा गर्ने क्रममा कोलकाताका बलरले कसिलो बलिङ गरे पनि गिलको ब्याटिङसामु त्यो पर्याप्त हुन सकेन ।

जितसँगै गुजरात टाइटन्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पराजित कोलकाता तालिकाको पुछारमा सीमित छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : ५० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल