चीनले 'अनलाइन गेम' खेल्ने समयमा प्रतिबन्ध लगाउने | Khabarhub Khabarhub

चीनले ‘अनलाइन गेम’ खेल्ने समयमा प्रतिबन्ध लगाउने


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालबालिका अनलाइन गेमको लतमा फसेको निष्कर्ष निकाल्दै चीनले गेम खेल्ने समयमा प्रतिबन्ध लगाउने भएको छ ।

मंगलबार चीनले सार्वजनिक गरेको सरकारी निर्देशनमा १८ वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरेको उल्लेख गरिएको छ ।

त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेलको मजा लिन पाउने व्यवस्था मिलाउन लागेको बताइएको छ।

भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेकाले यस्तो निर्णय लिएको चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अनलाइन खेलका हिसाबले चीन विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो। सार्वजनिक सरकारी निर्देशनमा त्यस्ता खेलमा बालबालिकाहरूले गर्ने खर्च समेत तोकिएको छ।

जसअनुसार ८ देखि १६ वर्षकाले मासिक २०० युआनसम्म खर्च गर्न पाउने छन् भने १६ देखि १८ वर्षसम्मका युवाको हकमा ४०० युआनसम्म खर्च गर्न पाउने छन्।

चीन विश्वको दोस्रो ठूलो अनलाइन खेल बजार हो। रिसर्च कम्पनी न्यूजूका अनुसार यस वर्ष पहिलो पटक अमेरिकाको कमाइ चीनभन्दा बढी हुन गयो।

भिडिओ गेमका कारण बालबालिका तथा युवामा पर्ने असरलाई चीनले कडा रूपमा आलोचना गर्दै आएको छ।

अत्यधिक खेलका कारण बालबालिकाको नजिकको हेर्ने क्षमता कमजोर हुँदै गएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन खेललाई नियमन गर्ने निकाय गठन गर्ने घोषणा गरेको थियो।

विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’ को रूपमा सूचीकृत गर्दै पहिलो पटक त्यसलाई मानसिक स्वास्थ्यको स्थितिका रूपमा परिभाषित गरेको थियो।

हालैको अमेरिकी साइक्याट्री एसोसिएशनको मानसिक रोगसम्बन्धी पुस्तिकाले भने यसलाई औपचारिक रूपमा पहिचान गरेको छैन।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : ५८ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ