विश्वभर इन्टरनेट प्रयोगकर्ताहरु ४ अर्ब बढी, धेरै महिला अझै पहुँच बाहिर ! « Khabarhub

विश्वभर इन्टरनेट प्रयोगकर्ताहरु ४ अर्ब बढी, धेरै महिला अझै पहुँच बाहिर !


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रविधिको विकाससँगै इन्टरनेट प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दो छ । हालै सार्वजनिक तथ्यांक अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्य ४ अर्ब बढी छ । जसमा आधाभन्दा बढी महिला पहुँच बाहिर रहेको देखाइएको छ ।

आधाभन्दा बढी महिलाहरुले इन्टरनेट प्रयोग नगर्ने तथ्यांकले देखाएको छ । यसले डिजिटल टेक्नोलोजीहरुको शक्तिबाट अझै महिलाहरुले फाइदा लिनबाट बञ्चित रहेको देखाउँछ ।

हालै सार्वजनिक ‘मेजरिंग डिजिटल डेभलपमेन्टः फ्याक्ट्स एण्ड फिगर्स २०१९’ नामक रिपोर्टकाअनुसार विश्वभरका करिब ५२ प्रतिशत महिलाहरुले इन्टनरेट प्रयोग नगर्ने गरेको देखिएको छ । तथ्यांकअनुसार यो संख्या पुरुषहरुमा भने ४२ प्रतिशत रहेको छ ।

अमेरिकामा बाहेक अन्य देशहरु तथा क्षेत्रहरुमा इन्टरनेट प्रयोग गर्ने पुरुषहरुको संख्या महिलाको तुलनामा निकै बढी छ । अमेरिकामा भने बराबरीजसो रहेको जनाइएको छ ।

विश्वभरीका महिलाहरुमध्ये ४२ प्रतिशतले मात्र इन्टरनेट प्रयोग गर्ने गरेका छन भने पुरुषहरुमध्ये ५८ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

अन्तराष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन(आईटियू)ले सार्वजनिक गरेको सो रिपोर्टमा डिजिटल जेण्डर ग्याप कमनवेल्थ र यूरोपेली मुलुकहरुमा कम हुँदै गएपनि अफ्रिका, अरब मुलुकहरु र एशिया प्यासिफिक क्षेत्रमा भने बढ्दै गएको छ । विशेषगरि अति कम विकसित मुलुकहरुमा यो भिन्नता अधिक रहेको छ ।

आईटियूको डाटाअनुसार ९७ प्रतिशत विश्व जनसंख्या हाल मोबाइल सेलुसर सिग्नलका साथमा रहेको र नेटवर्क पुगेको मध्ये ९३ प्रतिशत थ्रजी वा त्यो भन्दा माथिल्लो नेटवर्कको सम्पर्कमा रहेका छन् ।

अमेरिकी मुलुकहरु, युरोप र एशिया प्यासिफिक क्षेत्रमा ९५ प्रतिशत भन्दा बढि जनसंख्या थ्रीजी वा त्यो भन्दा माथिल्लो मोबाइल ब्रोडब्याण्ड नेटवर्कमा आबद्ध छन् । यस्तो संख्या अरब मुलुकहरुमा ९१ प्रतिशत छ भने कमनवेल्थ स्वतन्त्र राज्यहरुमा ८८ प्रतिशत र अफ्रिकी मुलुकहरुमा ७९ प्रतिशत रहेको छ ।

आईटियूकाअनुसार ८५ देशहरुको तथ्यांक हेर्दा, मोबाइल फोनमा स्वामित्वअन्तरगत ६१ प्रतिशत पुरुषहरुसँग महिलाको तुलनामा अधिक मोबाइल फोन छ भने बाँकी २४ मुलुकहरुमा मोबाइल फोन अधिकार हेर्दा पुरुषहरुको तुलनामा महिलामा बढि स्वामित्व रहेको छ । तर चिलिमा भने महिलासँग मोबाइल फोनको स्वामित्व केबल १२ प्रतिशत रहेको छ ।

विकसित मुलुकहरुमा भने इन्टरनेट प्रयोग चरम बिन्दुमा पुगेको छ, जसमा ८७ प्रतिशत मानिसहरु अनलाइनमा छन् । यूरोपमा ८२.५ प्रतिशतका साथ सबैभन्दा धेरै इन्टरनेट यूजर्स छन भने सबैभन्दा थोरै २८.२ प्रतिशत अफ्रिकी मुलुकमा देखिन्छ ।

सन् २०१९ को अन्त्यसम्ममा करिब ५७ प्रतिशत घरधुरी इन्टरनेटको पहुँचमा हुने आईटियूको अनुमान छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ७ : ११ बजे

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

एजेन्सी– न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र

बाग्मतीमा राप्रपाका तीन मन्त्रीलाई पदमुक्त गर्न अध्यक्ष लिङदेनको सिफारिस

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती सरकारमा सहभागी भएका आफ्नो

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा