विश्वभर इन्टरनेट प्रयोगकर्ताहरु ४ अर्ब बढी, धेरै महिला अझै पहुँच बाहिर ! | Khabarhub Khabarhub

विश्वभर इन्टरनेट प्रयोगकर्ताहरु ४ अर्ब बढी, धेरै महिला अझै पहुँच बाहिर !


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रविधिको विकाससँगै इन्टरनेट प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दो छ । हालै सार्वजनिक तथ्यांक अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्य ४ अर्ब बढी छ । जसमा आधाभन्दा बढी महिला पहुँच बाहिर रहेको देखाइएको छ ।

आधाभन्दा बढी महिलाहरुले इन्टरनेट प्रयोग नगर्ने तथ्यांकले देखाएको छ । यसले डिजिटल टेक्नोलोजीहरुको शक्तिबाट अझै महिलाहरुले फाइदा लिनबाट बञ्चित रहेको देखाउँछ ।

हालै सार्वजनिक ‘मेजरिंग डिजिटल डेभलपमेन्टः फ्याक्ट्स एण्ड फिगर्स २०१९’ नामक रिपोर्टकाअनुसार विश्वभरका करिब ५२ प्रतिशत महिलाहरुले इन्टनरेट प्रयोग नगर्ने गरेको देखिएको छ । तथ्यांकअनुसार यो संख्या पुरुषहरुमा भने ४२ प्रतिशत रहेको छ ।

अमेरिकामा बाहेक अन्य देशहरु तथा क्षेत्रहरुमा इन्टरनेट प्रयोग गर्ने पुरुषहरुको संख्या महिलाको तुलनामा निकै बढी छ । अमेरिकामा भने बराबरीजसो रहेको जनाइएको छ ।

विश्वभरीका महिलाहरुमध्ये ४२ प्रतिशतले मात्र इन्टरनेट प्रयोग गर्ने गरेका छन भने पुरुषहरुमध्ये ५८ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

अन्तराष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन(आईटियू)ले सार्वजनिक गरेको सो रिपोर्टमा डिजिटल जेण्डर ग्याप कमनवेल्थ र यूरोपेली मुलुकहरुमा कम हुँदै गएपनि अफ्रिका, अरब मुलुकहरु र एशिया प्यासिफिक क्षेत्रमा भने बढ्दै गएको छ । विशेषगरि अति कम विकसित मुलुकहरुमा यो भिन्नता अधिक रहेको छ ।

आईटियूको डाटाअनुसार ९७ प्रतिशत विश्व जनसंख्या हाल मोबाइल सेलुसर सिग्नलका साथमा रहेको र नेटवर्क पुगेको मध्ये ९३ प्रतिशत थ्रजी वा त्यो भन्दा माथिल्लो नेटवर्कको सम्पर्कमा रहेका छन् ।

अमेरिकी मुलुकहरु, युरोप र एशिया प्यासिफिक क्षेत्रमा ९५ प्रतिशत भन्दा बढि जनसंख्या थ्रीजी वा त्यो भन्दा माथिल्लो मोबाइल ब्रोडब्याण्ड नेटवर्कमा आबद्ध छन् । यस्तो संख्या अरब मुलुकहरुमा ९१ प्रतिशत छ भने कमनवेल्थ स्वतन्त्र राज्यहरुमा ८८ प्रतिशत र अफ्रिकी मुलुकहरुमा ७९ प्रतिशत रहेको छ ।

आईटियूकाअनुसार ८५ देशहरुको तथ्यांक हेर्दा, मोबाइल फोनमा स्वामित्वअन्तरगत ६१ प्रतिशत पुरुषहरुसँग महिलाको तुलनामा अधिक मोबाइल फोन छ भने बाँकी २४ मुलुकहरुमा मोबाइल फोन अधिकार हेर्दा पुरुषहरुको तुलनामा महिलामा बढि स्वामित्व रहेको छ । तर चिलिमा भने महिलासँग मोबाइल फोनको स्वामित्व केबल १२ प्रतिशत रहेको छ ।

विकसित मुलुकहरुमा भने इन्टरनेट प्रयोग चरम बिन्दुमा पुगेको छ, जसमा ८७ प्रतिशत मानिसहरु अनलाइनमा छन् । यूरोपमा ८२.५ प्रतिशतका साथ सबैभन्दा धेरै इन्टरनेट यूजर्स छन भने सबैभन्दा थोरै २८.२ प्रतिशत अफ्रिकी मुलुकमा देखिन्छ ।

सन् २०१९ को अन्त्यसम्ममा करिब ५७ प्रतिशत घरधुरी इन्टरनेटको पहुँचमा हुने आईटियूको अनुमान छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ७ : ११ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय