सर्वोच्चका कर्मचारीले गरेनन् नियम पालना, ८२ ढिला उपस्थित, २२ ‘ड्रेसकोड’ विपरीत « Khabarhub

सर्वोच्चका कर्मचारीले गरेनन् नियम पालना, ८२ ढिला उपस्थित, २२ ‘ड्रेसकोड’ विपरीत


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका कर्मचारीले नै कार्यालयका आन्तरिक नियम पालना नगरेको पाइएको छ ।

अदालतको अनुगमन महाशाखाले वैशाख ३ गते गरेको आकस्मिक हाजिर तथा ‘ड्रेसकोड’ अनुगमनका क्रममा यस्तो अवस्था देखिएको अदालत प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा बिहान ९ः०० बजेपछि कार्यालय प्रवेश गर्ने कर्मचारीको संख्या ८२ जना रहेको पाइएको छ भने २२ जना कर्मचारी तोकिएको पोसाकविपरीत (जिन्स, टिसर्ट लगायत) उपस्थित भएको भेटिएको छ ।

त्यस्तै, बिदा स्वीकृत वा पूर्वजानकारीबिना अनुपस्थित रहने कर्मचारीको संख्या ७० जना रहेको प्रशासनले जनाएको छ । वैशाख २ गते गरिएको ‘कुर्सी छड्के’ अनुगमनमा समेत नौ जना कर्मचारी (बिहान–बेलुका हाजिर मात्र गर्ने) आफ्नो कार्यकक्षमा अनुपस्थित भेटिएका थिए ।

अदालत प्रशासनले जारी गरेको सूचनामा कर्मचारीलाई तोकिएको समयमा कार्यालय उपस्थित हुन, निर्धारित पोसाकमै अदालत प्रवेश गर्न तथा शाखा प्रमुख वा महाशाखा प्रमुखको निर्देशनमा सेवाग्राहीमैत्री ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।

साथै, अनुगमनबाट देखिएका कैफियतको अभिलेख राखिने जनाउँदै अदालतले अबदेखि बिहान ९ः१५ पछि र बेलुका ५ः०० अघि हाजिरी मेसिनले हाजिर नलिने व्यवस्था गरिएको जानकारी दिएको छ ।

अदालतले अनुगमन महाशाखाबाट यस्ता छड्के अनुगमन निरन्तर रूपमा जारी रहने समेत जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : ०२ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने