च्यालेन्ज ट्रफीमा नेपालको खराब सुरुवात, अमेरिकासँग ४४ रनले पराजित « Khabarhub

च्यालेन्ज ट्रफीमा नेपालको खराब सुरुवात, अमेरिकासँग ४४ रनले पराजित


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ ।

रुवाण्डामा आज भएको खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको हो । अमेरिकाले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७९ रनमा समेटियो ।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन् । उनले ४५ बलको सामना गर्दै एक चौकाको मद्दतमा २७ रन जोडेकी हुन् । कविता जोशी ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न अमेरिकाका लागि माहि माधवन र तरनुम चोपराले समान दुई तथा रितु सिंह, लेखा शेट्टी र सैनभीले समान एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो । प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल नेपालले आइतबार इटलीसँग खेल्नेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ९ : ०१ बजे

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल