च्यालेन्ज ट्रफीमा नेपालको खराब सुरुवात, अमेरिकासँग ४४ रनले पराजित « Khabarhub

च्यालेन्ज ट्रफीमा नेपालको खराब सुरुवात, अमेरिकासँग ४४ रनले पराजित


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ ।

रुवाण्डामा आज भएको खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको हो । अमेरिकाले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७९ रनमा समेटियो ।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन् । उनले ४५ बलको सामना गर्दै एक चौकाको मद्दतमा २७ रन जोडेकी हुन् । कविता जोशी ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न अमेरिकाका लागि माहि माधवन र तरनुम चोपराले समान दुई तथा रितु सिंह, लेखा शेट्टी र सैनभीले समान एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो । प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल नेपालले आइतबार इटलीसँग खेल्नेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ९ : ०१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल