स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट ! « Khabarhub

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक दुई जहाजमाथि इरानी सेनाले गोलीबारी गरेको घटनाप्रति भारतले कडा विरोध जनाएको छ।

शनिबार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले भारतीय कार्गो जहाज ुजग अर्णवु र तेल ट्याङ्कर ‘सनमार हेराल्ड’लाई आफ्नो निर्धारित मार्ग परिवर्तन गर्न बाध्य पारेको थियो ।

जहाजहरूको आवागमन निगरानी गर्ने ‘ट्याङ्कर ट्रयाकर्स’का अनुसार, च्यानल १६ को अडियो रेकर्डिङले इरानी नौसेनाले ती जहाजहरूलाई पछाडि हट्न दबाब दिने क्रममा गोलीबारी समेत गरेको पुष्टि गरेको छ । मरिन ट्र्याकिङ डेटाका अनुसार लार्क टापु पार गरेपछि ती जहाजहरूलाई इरानी सेनाले अवरोध पुऱ्याएपछि यु–टर्न लिएर फर्कन बाध्य भएका थिए।

यस गम्भीर घटनालाई लिएर भारत सरकारले नयाँ दिल्लीस्थित इरानी राजदूतलाई आफ्नो कडा आपत्ति र गम्भीर चिन्ता दर्ज गराएको छ।

अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र आवागमनको अधिकार उल्लंघन भएको भन्दै भारतले आफ्ना जहाज र चालक दलको सुरक्षा सुनिश्चित गर्न इरानको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  १० : १६ बजे

नयाँ पार्टीको तयारीमा धवल-दुर्गा (तस्बिरहरू)

काठमाडौं– नागरिक बचाउ अभियानका संयोजक धवलशमशेर राणा र मेडिकल व्यवसायी

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी– जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको

काठमाडौँमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, मन्त्री पोखरेलले भने, ‘यमबुद्ध पार्क सोचेजस्तै बनेछ’

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकामा हुँदा आफूहरूले

बागमती मन्त्रिपरिषद् बैठक : मानव उद्धार पुनः स्थापन कार्यविधि स्वीकृत

मकवानपुर– बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार

रास्वपा महाधिवेशन : यी हुन् पदाधिकारीका आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा