इलाम गोल्डकप : आज मच्छिन्द्र र एन पेनाङबीच प्रतिस्पर्धा « Khabarhub

इलाम गोल्डकप : आज मच्छिन्द्र र एन पेनाङबीच प्रतिस्पर्धा


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप फुटबल प्रतियोगितामा आज मच्छिन्द्र फुटबल क्लब र एन पेनाङ मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

फागुनमा सम्पन्न १५ लाख पुरस्कार राशिको सातौँ झापा गोल्डकपको उपाधि चुमेको मच्छिन्द्र उपाधिको दाबेदार टोली मानिन्छ । यता, मलेसियाको एन पेनाङ अफ्रिकी खेलाडीहरूका साथमा मैदान प्रवेश गर्दैछ ।

यसअघि झापा गोल्डकपमा यी दुई टोलीबीच भेट हुँदा एन पेनाङलाई मच्छिन्द्रले २–१ गोलले हराएको थियो । पहिलो भेटमै मच्छिन्द्रसँग पराजित एन पेनाङ इलामको भेटमा बदला लिने दाउमा छ ।

यसअघि मच्छिन्द्रले इलामको सातौँ माई भ्याली गोल्डकपको उपाधि उचालेको थियो । दुवै बलिया टोलीबीच आज हुने खेल निकै प्रतिस्पर्धात्मक र दर्शकका लागि रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

वैशाख ५ बाट सुरु भएको प्रतियोगिताको वैशाख १२ गते समापन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख उपविजेता टोलीले पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी आठ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ११ : २३ बजे

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान