वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध « Khabarhub

वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल वर्षाका कारण अवरुद्ध भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा खेल जारी रहँदा पानी परेपछि अवरुद्ध भएको हो ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेल अवरुद्ध हुनुअघि नेपालले १८ ओभर ५ बलको खेल सकिँदासम्म ८ विकेटको क्षतिमा १२२ रन बनाएको छ ।

आज नेपाली टोलीमा कप्तान ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, नन्दन यादव हेमन्त धामी र शेर मल्ल छन् ।

युवा खेलाडीको बाहुल्यता रहेको टोलीले टी–२० मा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

सिरिजमा नेपाली टोलीमा अनुभवी अनुहारसँगै युवा खेलाडीलाई प्राथमिकता दिइएको छ। यो सिरिजमा नियमित कप्तान रोहित पौडेल भने मैदानमा हुने छैनन् ।

नेपाल क्रिकेट संघ क्यानले रात्रिकालीन समयमा हुने यस सिरिजको दोस्रो खेल मंगलबार हुने जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ६ : ३९ बजे

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न

पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणका लागि आईपीयूमा डाक्टर शाक्यको प्रस्तावना पारित

काठमाडौं, अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२ औं महासभाले ‘पर्वतीय तथा

यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी कारबाहीमा

काठमाडौँ- काठमाडौँको थली (मूलपानी क्रिकेट ग्राउण्ड) नजिक आज गरिएको विशेष

एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता

काठमाडौं– नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा सक्रिय नेता कर्ण मल्लविरुद्ध