सन्दीपले लिए एकै ओभरमा दुई विकेट « Khabarhub

सन्दीपले लिए एकै ओभरमा दुई विकेट


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा जारी छ ।

वर्षाका कारण अवरुद्ध खेलमा यूएईले जितका लागि १० ओभरमा ७८ रनकाे लक्ष्य भएको छ । उक्त लक्ष्य पछ्याइरहेको यूएईले एकै ओभरमा दुई विकेट गुमाएको छ । नेपालका लागि खेलको चौथो ओभरमा बलिङ गर्न आएका सन्दीप लामिछानेले यूएईको महत्वपूर्ण दुई विकेट लिएका हुन् ।

यूएईका कप्तान मोहम्मद वसीमलाई ३३ र अदीब उस्मानीलाई २ रनमा सन्दीपले आउट गरे । चार ओभरको खेल सकिँदा यूएईले दुई विकेट गुमाएर ४० रन बनाएको छ ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । खेल अवरुद्ध हुनुअघि नेपालले १८ ओभर ५ बलको खेल सकिँदासम्म ८ विकेटको क्षतिमा १२२ रन बनाएको थियो ।

आज नेपाली टोलीमा कप्तान ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, नन्दन यादव हेमन्त धामी र शेर मल्ल छन् ।

युवा खेलाडीको बाहुल्यता रहेको टोलीले टी–२० मा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।सिरिजमा नेपाली टोलीमा अनुभवी अनुहारसँगै युवा खेलाडीलाई प्राथमिकता दिइएको छ। यो सिरिजमा नियमित कप्तान रोहित पौडेल भने मैदानमा हुने छैनन् ।

नेपाल क्रिकेट संघ क्यानले रात्रिकालीन समयमा हुने यस सिरिजको दोस्रो खेल मंगलबार हुने जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ८ : २६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल