अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’ « Khabarhub

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् । युद्ध अन्त्यका लागि पुनः वार्ता हुने वा नहुने भन्ने अन्योल कायमै रहेका बेला ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो ।

एक हप्ताअघि सुरु भएको अमेरिकी नाकाबन्दीले इरानलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारिरहेको दाबी ट्रम्पले गरेका छन् । आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मा लेख्दै उनले यस द्वन्द्वमा अमेरिका निकै अगाडि रहेको र जितिरहेको उल्लेख गरेका हुन् ।

अमेरिका र इरानबीचको अस्थायी युद्धविराम बुधबार सकिँदैछ । शान्ति वार्ताको दोस्रो चरण पाकिस्तानमा हुने भनिए पनि त्यसबारे अझै अनिश्चितता छ । वार्ताको तयारीका लागि पाकिस्तानको राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तर, अमेरिकी टोलीको नेतृत्व गर्ने भनिएका उपराष्ट्रपति जेडी भान्स अझै वासिङ्टनबाट प्रस्थान गरेका छैनन् । उता इरानले पनि वार्तामा सहभागी हुने वा नहुनेबारे कुनै निर्णय गरिसकेको छैन ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार नाकाबन्दी सुरु भएदेखि हालसम्म २७ वटा जहाजलाई इरानी बन्दरगाहतिरै फिर्ता पठाइएको छ । आइतबार मात्रै अमेरिकाले नाकाबन्दी तोड्न खोज्ने इरानी झण्डावाहक एक मालबाहक जहाजलाई पहिलो पटक नियन्त्रणमा लिएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले सार्वजनिक गरेको भिडियोमा अमेरिकी सेनाले उक्त जहाजलाई चेतावनी दिएको र त्यसपछि सैनिक हेलिकप्टरबाट जहाजमा ओर्लिएर नियन्त्रणमा लिएको देखिन्छ । इरानले यस कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ, जसका कारण खाडी क्षेत्रमा थप तनाव बढ्ने देखिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : ०९ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै