नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको सरकारको दाबी « Khabarhub

नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको सरकारको दाबी


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत छापिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अन्तर्राष्ट्रिय मानक प्राप्त रहेको दाबी गरेको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको जनाएको हो ।

सरकारले जेन–जी आन्दोलनयता मात्रै केन्द्रबाट लाइसेन्स छपाइ थालेको हो । ‘हाल छपाइ भइरहेको लाइसेन्स अन्तर्राष्ट्रिय स्तरको आईएसओ ७८१० आईडी ९१ गुणस्तरको रहेको छ । जुन विकसित मुलुकले दशकौँदेखि प्रयोग गर्दै आएको प्रविधिमा आधारित विश्वभर प्रचलित क्रेडिट कार्डको मानक आधारमा तयार पारिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यसले नेपालको सवारी व्यवस्थापन प्रणालीलाई थप सुरक्षित र भरपर्दो बनाउने मन्त्रालयको दाबी छ । विगतमा स्मार्ट चिप प्रयोग गर्दै आएकोमा डिजिटल्ली रिडिङमा विदेशी विज्ञमा निर्भर हुनुपर्ने अवस्था थियो । तर अहिले लाइसेन्समा इन्टेलिजेन्ट क्यूआर प्रविधि अपनाइएको विज्ञप्तिमा उल्लेख छ ।

यो प्रविधि कोड इन्क्रिप्टेड, लेयर्ड र कपी-प्रोटेक्टेड रहेको छ । सुरक्षाको दृष्टिकोणले नयाँ स्मार्ट अनुमतिपत्रमा ३९ वटा विशेषता समावेश गरिएको जनाइएको छ । मन्त्रालयका अनुसार सम्पूर्ण उत्पादन प्रक्रिया इन्ड–टु–इन्ड अफलाइन ढाँचामा रहेकाले डेटा चुहावट हुने वा अनधिकृत व्यक्तिले विवरण प्राप्त गर्ने कुनै सम्भावना छैन ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ४ : ४८ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो