डा. गंगोल : जसले नेपालमै पहिलो पटक टाउको खोलेर गरेका थिए सफल शल्यक्रिया « Khabarhub

डा. गंगोल : जसले नेपालमै पहिलो पटक टाउको खोलेर गरेका थिए सफल शल्यक्रिया


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको चिकित्सा क्षेत्रका एक अग्रणी शल्यचिकित्सक प्रा.डा. दिनेशनाथ गंगोलको ९३ वर्षको उमेरमा निधन भएको छ । मंगलबार बिहान आफ्नै निवासमा निधन भएका डा. गंगोलको आजै दाहसंस्कार गरिएको छ ।

नेपाली चिकित्सा पद्धतिलाई आधुनिक युगमा प्रवेश गराउन अहम भूमिका निर्वाह गरेका डा. गंगोलको निधनले चिकित्सा जगतमा एक ठूलो रिक्तता छाडेको छ ।

सन् १९३३ मा काठमाडौंमा जन्मिएका डा. गंगोलको जीवन सङ्घर्ष र समर्पणले भरिएको छ । एक साधारण परिवारमा हुर्किएका उनले त्रिचन्द्र कलेजबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए । त्यसपछि भारतको दरभंगा मेडिकल कलेज र ग्रान्ट मेडिकल कलेजमा चिकित्सा शास्त्रको अध्ययन गरी उनी नेपाल फर्किए । सामान्य पृष्ठभूमिबाट आएर विश्वस्तरीय शल्य चिकित्सक बन्नु उनको दृढ इच्छाशक्तिको परिणाम थियो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को स्थापनामा उनको महत्वपूर्ण भूमिका रहेको थियो । उनले यस संस्थाका संस्थापक निर्देशकका रूपमा रहेर नेपालमा विशेषज्ञ चिकित्सक उत्पादन गर्ने आधार तयार पारेका थिए । उनका थुप्रै विद्यार्थीहरू आज देश तथा विदेशमा ख्यातिप्राप्त चिकित्सकका रूपमा कार्यरत छन् ।

टाउको खोलेर शल्यक्रिया

सन १९६१ को डिसेम्बर महिनामा त्रिभुवन राजपथमा सवारी दुर्घटना भयो । दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेकी एक किशोरी वीर अस्पताल भर्ना भइन् । तत्कालीन समयमा नेपालमा न्यूरो शल्यक्रियाको सुविधा थिएन ।

यस्तो कठिन र जोखिमपूर्ण अवस्थामा डा. गंगोलले साहस जुटाउँदै वीर अस्पतालमा ती किशोरीको टाउको खोलेर सफल शल्यक्रिया गरेका थिए । नेपालको चिकित्सा इतिहासमा टाउको खोलेर गरिएको त्यो नै पहिलो शल्यक्रिया थियो । यो घटनालाई नेपाली स्वास्थ्य सेवामा नयाँ युगको सुरुवात मानिन्छ ।

डा. गंगोल केवल न्यूरो सर्जन मात्र थिएनन्, उनी नेपालमा पहिलो पटक मुटुको शल्यक्रिया गर्ने चिकित्सकको रूपमा पनि परिचित छन् ।

टाउको र मुटुजस्ता संवेदनशील अंगको शल्यक्रियामा एकैसाथ दक्षता हासिल गरेका उनले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी सफल शल्यक्रियाहरु गरेका थिए ।

अत्याधुनिक प्रविधि र स्रोत साधनको अभावका बीच पनि उनले गरेको शल्यक्रियाको दर र सफलताले नेपाली चिकित्सकका लागि मात्र नभई विश्वका लागि पनि प्रेरणाको स्रोत बनेको थियो ।

डा. गंगोलको निधनसँगै नेपालले एउटा यस्तो युगान्तकारी व्यक्तित्व गुमाएको चिकित्सकहरु बताउँछन् । नेपालको स्वास्थ्य क्षेत्रको विकासमा उनले पुर्‍याएको योगदान सधैँ अविस्मरणीय रहनेछ । नेपाल चिकित्सक संघले श्रद्धाञ्जली व्यक्त गर्दै डा. गंगोलको निधनले नेपाली चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ५ : ४६ बजे

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच

१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे

काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर