वीरेन्द्रनगरले फुटपाथका संरचना हटायो « Khabarhub

वीरेन्द्रनगरले फुटपाथका संरचना हटायो


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- बजारको सौन्दर्य बिगारेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले फुटपाथमा सञ्चालित पसल हटाएको छ । मङ्गलगढी चोक, बसपार्कलगायतका क्षेत्रमा फुटपाथ व्यवसायीले सडक, चोक अतिक्रमण गरी बनाइएका संरचना नगरपालिकाले हटाएको हो ।

मुख्य चोक, सडक क्षेत्रमा पसल व्यवसाय सञ्चालन गर्दा प्रदेश राजधानीको सौन्दर्य झन् कुरुप बन्न पुगेको थियो । नगरपालिकाले सोमबारदेखि दुई डोजर प्रयोग गरेर फुटपाथमा बनाइएका व्यावसायिक संरचना हटाउन शुरु गरेको हो ।

विकल्पबिनै आफूहरुले वर्षौंदेखि सञ्चालन गर्दै आएको स्थानमा डोजर चलाएपछि व्यवसायी आक्रोशित बनेका छन् । मङ्गलगढी चोकमा ठेलामा कस्मेटिक पसल सञ्चालन गर्दै आउनुभएकी पार्वती पौडेलले नगरपालिकाले तत्काल व्यापारिक स्थानको व्यवस्था गर्नुपर्ने बताइन ।

फुटपाथ व्यवसायीले कर तिर्नुका साथै फोहरमैलाको व्यवस्थापन आफैँले गर्ने गरेको बताएका छन् । व्यवसाय सञ्चालन गरेवापत व्यवसायीले नगरपालिकालाई मासिक ३ सय र सरसफाइ शुल्क १ सय रुपैयाँ तिर्दै आएका थिए ।

नगरपालिका वातावरण तथा विपद् अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले फुटपाथ व्यवसायीको माग सम्बोधन गरिने बताए । उनका अनुसार सडकमा व्यवसाय गर्ने ७ सयभन्दा व्यवसायी छन् । तीमध्ये ८८ ले मात्र व्यावसायिक विवरण भरेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १२ : २४ बजे

वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा

हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छ : न्यायाधीश फुँयाल

काठमाडौं– सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयालले हरेक व्यवसाय मानव अधिकारमैत्री

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि

रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री रामजी यादवको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा,