गृहमन्त्रीबारे अध्ययन गरिरहेका छौँ, अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन : भूपदेव शाह « Khabarhub

गृहमन्त्रीबारे अध्ययन गरिरहेका छौँ, अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन : भूपदेव शाह


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले गृहमन्त्री सुधन गुरूङको विषयमा सार्वजनिक प्रश्न उठेपछि पार्टीको ध्यानाकर्षण भएको बताएका छन्। महामन्त्री शाहले गृहमन्त्रीमाथि उठेको विषयवस्तुबारे पार्टीले के हो भनेर बुझिरहेको दाबी गरे ।

‘गृहमन्त्रीमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यो विषयमा हाम्रो ध्यानाकर्षण भइरहेको छ। बुझ्ने र उहाँको विषय अध्ययन गर्ने काम गरिरहेका छौं । पार्टीको तर्फबाट अहिलेसम्म स्पष्टीकरण सोधेका छैनौँ’, महामन्त्री शाहले खबरहबलाई भने ।

उनले पार्टीको तर्फबाट अहिलेसम्म स्पष्टीकरण नसोधिएको बताएका छन् । ‘उहाँको विषय के हो भनेर अध्ययन गरिरहेका छौं’, उनले भने, ‘हामी चाँडै नै स्पष्टीकरण सोध्छौँ ।’ लोकतन्त्रमा गृहमन्त्रीमाथि आलोचना हुनु र प्रश्न उठाइनु स्वभाविक प्रक्रिया रहेको बताउँदै उनले रचनात्मक रूपमा जनताले प्रश्न उठाउनुपर्ने बताए।

‘लोकतन्त्रमा जनताले आवाज रचनात्मक ढंगले उठाउन पाउनुपर्छ गृहमन्त्रीमाथि उठेको प्रश्नका विषयमा हामी नकारात्मक छैनौँ’, उनले भने । कार्यसूचीमा नभएका कारण सोमबार बसेको केन्द्रीय समिति बैठकमा गृहमन्त्रीको विषयमा कुरा नभएको पनि उनलेे बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : ५७ बजे

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धनकुटा– यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै