बङ्गलादेशमा इन्धन अभावले पम्पमा घण्टौँ कुर्नुपर्ने बाध्यता « Khabarhub

बङ्गलादेशमा इन्धन अभावले पम्पमा घण्टौँ कुर्नुपर्ने बाध्यता


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

ढाका– इन्धन आयातमा निर्भर बङ्गलादेशमा इन्धनको सीमित ढुवानी हुँदा देखिएको अभावसँगै पेट्रोल पम्प र ग्यास डिपोहरूमा लामो लाइन लाग्न थालेको छ। 

मध्यपूर्व युद्धका कारण इन्धन आपूर्तिमा विश्वव्यापी समस्या आएको छ। बङ्लादेश पनि यस समस्यासँग जुधिरहेको छ । इन्धन आपूर्तिमा कमी आएका कारण डिपोहरूले माग बमोजिम इन्धन आपूर्ति गर्न नसक्दा यसको प्रभाव सार्वजनिक यातायातका साधन र सर्वसाधारणमा समेत पर्न थालेको छ । 

इन्धन सङ्कटका कारण सेवाग्राही पेट्रोल, डिजेल, ग्यासलगायतका वस्तु खरिदका लागि लामो समय ९घण्टौँ०सम्म लाइनमा बस्नुपर्ने बाध्यता आएको छ । 

आफ्नो पहिलो नाम मात्र उल्लेख गर्ने ४३ वर्षीय चालक शमसुद्दिन मध्यरातदेखि ढाकाको ग्यास स्टेसनमा पर्खिरहेका थिए। गोपनीयताको कारण आफ्नो पहिलो नाम मात्र बताउने ४३ वर्षीय चालक शमसुद्दिन मध्यरातदेखि ढाकाको पेट्रोल डिपोमा पर्खिरहेका थिए । 

‘छ घण्टा पछि अन्तमा मैले इन्धन पाएको छु,’ उनले भने। अहिले बिहानको अदालतको सुनुवाइको लागि आफ्नो मालिक (एक वकिल) लाई कार्यालयमा पुर्‍याउनुपर्छ । आराम गर्ने समय नै छैन । 

‘म अब दिनभर व्यस्त रहनेछु,’ रातभर निदाउन नसकिएपछि आँखा रातो भएको र भारी भएका उनले बताए । 

उनले पेट्रोल भरेर जाँदा सयौँ थकित मोटरसाइकल चालकहरू अझै पनि लाइनमा थिए, ग्यास स्टेशनबाट लगभग १.५ किलोमिटर (लगभग एक माइल) लामो लाइन थियो । कोही आफ्नो अचल गाडीमा सुतेका देखिन्थ्यो । 

करिब १७ करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक बङ्गलादेशले आफ्नो तेल र ग्यासको ९५ प्रतिशत आयात गर्छ, जसमध्ये अधिकांश मध्य पूर्वबाट आयात हुन्छ । स्ट्रेट अफ हर्मुज हुँदै हुने ऊर्जा ढुवानी फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएदेखि अवरूद्ध भएपछि बङ्गलादेशले वैकल्पिक बाटोबाट यदाकदा इन्धन भित्राएको भएपनि अधिकांश ढुवानीमा अवरोध भएको छ ।

बङ्गलादेशका ऊर्जामन्त्री इकबाल हसन महमुदले देशमा पर्याप्त इन्धन रहेको बताउँदै अवरोधको हल्लाले सेवाग्राहीले आत्तिएर भण्डारण गर्न खोज्दा समस्या भएको बताउँछन्। 

‘देशमा इन्धनको कुनै अभाव छैन’, उनले आइतबार संसद्‌मा भने, ‘मार्चमा पनि गत वर्षको जस्तै इन्धनको आपूर्ति भएको छ ।’
 
तर मोबाइल नेटवर्क अपरेटरहरूको राष्ट्रिय सङ्घले सोमबार इन्धन अभावको कारण देखाउँदै अब निरन्तर सेवाको सुनिश्चितता गर्न नसक्ने बताएको छ ।

ग्यास स्टेशनमा पूर्व सरकारी अधिकारी शरिफुल इस्लामले आफूले अन्यत्र तीन घण्टा पर्खिसकेको तर पम्पले इन्धन भर्न बन्द गरेको बताए । डिपोहरूमा लामो प्रतीक्षाको परिणामले गर्दा कतिपय व्यक्तिले लाइनमा नै मृत्युवरण गरेका सञ्चारमाध्यमले समाचारमा जनाएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार रङ्गपुर शहरमा भीषण गर्मीबिच घण्टौँ लाइनमा बसेका एक सेवाग्राहीको मृत्यु भएको छ ।

दक्षिणी जिल्ला नरेलमा इनधन भर्न लाइनमा बसेका एक ट्रक चालकले पम्प म्यानेजरलाई किचेको आरोपमा भएको विवादमा अन्य दुई जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ७ : २८ बजे

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर – ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा