एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ « Khabarhub

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच ठाउँमा चोरी गर्ने एक जनालाई प्रहरीले सुनचाँदीका गहना र नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जन रहेका छन्।

गत साउन २२ गते बिहान करिब ८ बजे हरिसिद्धीस्थित घरकोठामा चोरी भएको घटनापछि प्रहरी वृत्त सातदोबाटोको टोलीले सीसीटीभी फुटेजका आधारमा खोजी सुरु गरेको थियो। बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनको साथमा रहेको ‘क्याट’ लेखिएको कालो झोला खानतलासी गर्दा विभिन्न प्रकारका सुन, चाँदी र डायमण्डजस्ता देखिने गहनाका साथै ११ हजार ३ सय ९० रुपैयाँ नगद र दुई थान लेडिज झोला फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका महर्जनमाथि चोरी मुद्दा चलाउन ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ६ : ५४ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा