‘जबज’सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : शंकर पोखरेल « Khabarhub

‘जबज’सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : शंकर पोखरेल


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) सामु लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको चुनौती केही समयका पाहुना भएको बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवशको अवसरमा यसका संस्थापकहरुको स्मरण गर्दै पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘जबजका समृद्ध विचारका सामु अल्गोरिदमले नेपाली राजनीतिमा सृजना गरेको लोकप्रियतावाद,अराजकतावाद, र अवशरवादको चुनौती केही समयका पाहुना जस्तै हुन्’ पोखरेलले लेखेका छन् ‘कम्यूनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादको बाटोमा दृढतापूर्वक् अघि बढ्ने संकल्प गरौं ।’

महासचिव पोखरेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठ लगायतका नेताहरुको योगदानलाई स्मरण गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ९ : ३९ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित