गृहमन्त्रीको राजीनामा सकारात्मक, विवादबारे निष्पक्ष छानबिन होस् : भीमार्जुन आचार्य « Khabarhub

गृहमन्त्रीको राजीनामा सकारात्मक, विवादबारे निष्पक्ष छानबिन होस् : भीमार्जुन आचार्य


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानविद भीमार्जुन आचार्यले गृहमन्त्रीको राजीनामा आएपछि सरकार सकारात्मक बाटोमा अगाडि बढिरहेको बताएका छन्।

उनले यस अगाडि पनि मन्त्रीहरूको विषयमा विवाद उत्पन्न हुँदा राजीनामा दिने प्रचलन रहेको बताउँदै वर्तमान सरकारका मन्त्रीहरूले पनि त्यो अभ्यासलाई निरन्तरता दिनु सकारात्मक रहेको बताए।

‘विवाद उत्पन्न भएपछि छानबिनमा सहयोग होस् भनेर गृहमन्त्रीज्यूले राजीनामा दिनु सकारात्मक छ। यस अगाडि यस्ता अभ्यास हुने गरेका थिए केहीले गरेनन् होला तर धेरैले गर्ने गरेका थिए’, आचार्यले खबरहबलाई भने, ‘उहाँले मार्ग प्रशस्त गर्नुपर्ने अवस्था थियो गरिदिनुभएको छ। उहाँमाथि उत्पन्न भएका विवादहरूको निष्पक्ष छानबिन हुनुपर्दछ।’

आचार्यले सरकार परिणाममुखी काम गर्न उन्मुख भएको भन्दै अहिले नै अरु विषयमा आलोचना गर्न हतारो हुने बताउँछन्।

सरकार गठन भएको २६ दिनमै दुई व्यक्तिको मन्त्रिपद खुस्किसकेको छ।

श्रीमतीलाई जागिर दिलाएका आरोपमा यस अगाडि पार्टीको सिफारिस पत्रको आधारमा दीपक शाहलाई प्रधानमन्त्री बालेन्द्रले मन्त्री पदबाट निष्कासन गरिसकेका छन् । बुधबार गृहमन्त्री गुरूङले राजीनामा दिएसँगै दुई मन्त्री चाँडै बिदा भएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ३ : ०५ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित